
काठमाडौं : नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या बढ्दो क्रममा छ । छिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ४ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ४ हजार ४७ जनासहित देशभर संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ ।
संक्रमितमध्ये ७७ हजार २ सय ७७ जना निको भएर नियमित काममा फर्किएका छन् भने ६ सय ४५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।