चितवन : जिल्लामा आज थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भतरपुर अस्पताल (कोेभिड–१९) प्रयोगशालामा आज गरिएको परिक्षणमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरुमा भरतपुर महानगरपालिकाका १७, राप्ती नगरपालिकाका ५ जना, इच्छाकामनाका २ , खैरहनिका १, रत्ननगर नगरपालिकाका ६ र माडीनगरपालिकाका ४ जना रहेका छन् ।
इच्छाकामना गाउँपालिकामा आज थप २ जना महिलामा कोरोना पुष्टि भएसंगै संक्रमितको संख्या १७ पुगेको छ ।