काठमाडौं  : नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ सय ९० पुगेको छ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १२ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विभिन्न जिल्लामा थपिएका १२ जनासहित देशभर कोरोना संक्रमणबाट ५ सय ९० जनाले ज्यान गुमाएका छन् ।

मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका ४ हजार ३ सय ६४ जनासहित देशभर संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।

संक्रमितमध्ये ७१ हजार ३ सय ४३ जना निको भएर घर फर्किएका छन् ।