शिक्षा/स्वास्थ्य

प्रभु बैँक कुरिनटार शाखामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण भएपछि सेवा बन्द

प्रभु बैँक कुरिनटार शाखामा कार्यरत  कर्मचारीलाई कोरोना संक्रमण भएपछि  सेवा बन्द
कुरिनटार : चितवनको इच्छाकामना ४ कुरिनटारमा रहेको प्रभु बैँक कुरिनटार शाखामा कार्यरत एक कर्मचारीलाई कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको छ । चितवन मेडिकल कलेजमा गरिएको पिसिआर परिक्षणमा कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको हो । ती कर्मचारी ज्वारो आएपछि एक हप्ता अघिदेखि बैँकमा उपस्थित नभएको  बुझिएको  गाउँपालिका स्वास्थ्य शाखा सहायक प्रमुख हरिदेवकोटाले जानकारी दिनुभयो । सबै कर्मचारीको पिसिआर टेष्ट गरेर कार्यालयमा सेनिटाइजरिङ गरेपछि   बैँक खुल्ने जनाएको छ ।

गण्डकी गाउँपालिका ७ कि २२ बर्षिय युबतीलाइ कोरोना संक्रमण पोजिटिभ पुष्टि

गण्डकी गाउँपालिका ७ कि २२ बर्षिय युबतीलाइ कोरोना संक्रमण पोजिटिभ पुष्टि
रबिकिरण रेग्मि  गण्डकी गाउँपालिका २२ अश्विन, गोरखाको गण्डकी गाउँपालिका वडा नं ७ मा एक जना २२ बर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।                                                                                        क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा उनलाइ कोरोना पोजिटिभ पुष्टि भएको थियो। स्थानिय २२ बर्षिय युबतिको ट्राभेलिङ हिस्ट्री नभएको र कन्ट्याक्ट टेसिङ अन्तर्गत परिक्षण गर्दा पोजिटिभ पाइएको गण्डकी स्वास्थ निर्देशनालयले जनाएको छ।  गाउँपालिका स...

नेपालमा पछिल्लो २४ घण्टामा थपिए ३ हजार ४३९ जना कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा थपिए ३ हजार ४३९ जना कोरोना संक्रमित
काठमाडौं :  पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४ सय ३९ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या अहिलेसम्मकै धेरै हो । मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका ३ हजार ४ सय ३९ जनासहित देशभर संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ । संक्रमितमध्ये ६८ हजार ६ सय ६८ जना निको भएर घर फर्किएका छन् भने ५ सय ७८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

भरतपुर अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

भरतपुर अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु
चितवन :  भरतपुर अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। भरतपुर अस्पताल स्रोतका अनुसार ९२ बर्षीय बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको हो। मृतक भरतपुर १ का हुन् । उनिमा २ दिन अगाडी मात्र संक्रमण पुष्टि भएको थियो। खोकी, दम, उच्च रक्तचाप र स्वासप्रश्वास सम्बन्धी समस्या बाट ग्रसित मृतक मगलबार बिहान ७ बजे अस्पतालमा भर्ना भएका थिए। उनको आज करिव सवा २ बजे मृत्यु भएको हो।

गोरखामा समुदायस्तरमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि विद्यालय बन्द

गोरखामा समुदायस्तरमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि विद्यालय बन्द
गोरखा :  गोरखामा असोज १ गतेबाट जोर विजोर प्रणालीमा मास्क लगाएर पठनपाठन गरेको विद्यालयहरुले आजबाट पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् । विद्यार्थी र उनीहरुका परिवारका सदस्यहरुलाइ कोरोना सङ्क्रमण भएपछि विद्यालयहरु बन्द भएका हुन् । गोरखाका केही विद्यालयका विद्यार्थी शिक्षकहरु सङक्रमित भएका हुन । विद्यालय अनिवार्य उपस्थित हुन गरिएको आह्वानलाइ कार्यान्वयन गर्न विद्यालय पुगेका शिक्षकहरुमा कोरोना देखिएपछि विद्यालय बन्द गरिएको गोरखा नगरपालिका गोरखाका एक विद्यालयका प्रधानाध्यापकले ...

इच्छाकामनाका १५ वटा विद्यालयमा २४ गते सम्म पठनपाठन बन्द

इच्छाकामनाका १५ वटा विद्यालयमा २४ गते सम्म पठनपाठन बन्द
कुरिनटार  :  चितवनको  इच्छाकामना गाउँपालिकामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै आईतबारबाट मात्रै सञ्चालनमा आएका इच्छाकामना गाउँपालिकाका १५ वटा विद्यालयमा पठन पाठन बन्द गर्न गाउँपालिकाले निर्देशन दिएको छ। गाउँपालिकाले आज एक सूचना जारी गर्दै ती विद्यालयहरुमा पठन पाठन बन्द गर्न निर्देशन दिएको हो। ती विद्यालयहरु आगामी २४ गतेसम्मलाई बन्द गर्न निर्देशन दिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख दुर्गादेवी खड्काले जानकारी दिनुभयो। ती विद्याालयहरुमा बैकल्पिक सिकाई सहजीकरणमा भने भने गर्...

पछिल्लो २४ घण्टामा १५५१ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १५५१ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु
काठमाडौं :  कोरोना संक्रमितको संख्या नेपालमा ९० हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो । योसहित नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८१४ जना पुगेको पुगेको छ । २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ११०४७ जनाको पीसीआर परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा २३४० जनाकोरोनामुक्त भइ डिस्चार्ज भएका छन...

इच्छाकामना गाउँपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा पाँच दिनका लागि बन्द

इच्छाकामना गाउँपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा पाँच दिनका लागि बन्द
कुरिनटार  : इच्छाकामना गाउँपालिकाको कार्यालयबाट प्रवाह सम्पूर्ण सेवा पाँच दिनका लागि बन्द गरिएको छ । प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्साललाई कोरोना संक्रमण भएपछि सेवा बन्द गरिएको हो । हिजो सोमबार प्रशासकिय अधिकृत लम्साललाई कोरोना पुष्टि भएपछि कर्मचारी र जनप्रतिनिधिहरु क्वारेन्टिनमा बस्नु पर्ने भएकाले गाउँपालिकाको कार्यालयबाट प्रवाह हुने सेवाहरु असोज २४ गते सम्मका लागि पाँच दिन बन्द गरिएको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले जानकारी दिनुभयो । गाउँपालिकाको कार्यालयमा कार्...

चितवन मेडिकल कलेजमा कोरोनाबाट ७७ वर्षीय वृद्धको मृत्यु

चितवन मेडिकल कलेजमा कोरोनाबाट  ७७ वर्षीय वृद्धको मृत्यु
चितवन : चितवन मेडिकल कलेजमा उपचारर एक वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । कावासोती नगरपालिका ५ का ७७ वर्षीय वृद्धको आज विहान मृत्यु भएको अस्पतालका निर्देशक डा। दयाराम लम्सालले जानकारी दिनुभयो ।निमोनिया र श्वासप्रश्वासबाट समस्या भइ ती वृद्ध यही असोज १६ गते अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँलाई उपचारका क्रममा असोज १८ गते कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । सङ्क्रमण पुष्टि भएसँंगै उहाँलाई कोभिड सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।

इच्छाकामनामा आज २ जना संक्रमित थपिए, गाउँपालिकामा संक्रमितको संख्या १५ पुग्यो

इच्छाकामनामा आज २ जना संक्रमित थपिए, गाउँपालिकामा संक्रमितको संख्या १५ पुग्यो
कुरिनटार :चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिकाको ४ नं वडाका २ जनामा कोरोना संक्रमण देखिएको हो। उनिहरु ३४ र ४४ वर्षको पुरुष रहेको गाउँपालिकाका सहायक स्वास्थ्य प्रमुख हरि देवकोटाले जानकारी दिनुभयो। उनिहरु मध्य १ जना होम आसोलेसनमा र अर्को १ भरतपुर अस्तपालको आइसोलेसनमा पठाइएको छ।। यो सँगै इच्छाकामनामा कोरोना संक्रमितको संख्या १५ पुगेको देवकोटाले जानकारी दिनुभयो । संक्रमित मध्य १२ जना भने कोरोना मुक्त भएको उहाँले बताउनुभयो ।...