काठमाडौं: २७ दिनदेखि अनसनरत डा.गोविन्द केसीले आज अनसन तोड्ने भएको छ । सरकारसंग शनिबार मध्यरातमा ८ बुँदे सहमति भएपछि अनसन तोड्ने भएको हो । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा।केसीले हस्ताक्षर गरेका छन् ।
सहमतिअनुसार डा.केसीले शनिबारदेखि अनसन अन्त्य गरी आइतबार अनसन तोडिएको घोषणा गर्नेछन् । सहमतिमा उल्लेख भएको बुँदाहरुको कार्यान्वयन नेपाल सरकारका सम्बन्धित निकाय तथा अन्य सम्बद्ध निकायहरुले गर्ने सहमति भएको छ ।
डा. केसी २७ दिनदेखि आमरण अनसनमा छन्

।
इच्छाखबर संवाददाता












