शिक्षा/स्वास्थ्य

चितवनमा जेठ १३ सम्म थपिएको लकडाउन झन कडा, पहिले खुलेका ठाँउ पनि बन्द

 इच्छा खबर : चितवन कोरोनाका संक्रमित घट्ने भन्दा बढ्ने स्थिति बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले जेठ १३ सम्म थपिएको निषेधाज्ञालाई झन कडाई गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बैशाख १६ गते मध्यराति देखि गरिएको लकडाउनको समय सिमा शनिवार सकिने पएपनि शुक्रबारनै जेठ १३ सम्मलाई निषेधाज्ञा लम्बाईएको हो ।                      तर यो निषेधाज्ञामा पहिला खुलेका ठाँउहरुपनि नखुल्ने भएका छन् । यदि अटेर गरि खोलिएको पाइएमा कानुन बमोजिम कार्वाही गरिने प्रशासनले जनाएको छ । ...

इच्छाकामना गाउँपालिका उपाध्यक्षले आफुले प्रयोग गरेको गाडी एम्बुलेन्स बनाउने।

इच्छाकामना गाउँपालिका उपाध्यक्षले आफुले प्रयोग गरेको गाडी एम्बुलेन्स बनाउने।
कुरिनटार-इच्छाकामना गाउँपालिका उपाध्यक्ष कृतीकुमार श्रेष्ठले आफुले प्रयोग गर्दै आएको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने हुनु भएको छ।                                                                                      कोभिड १९ कोरोना भाइरसको दोश्रो लहरले देशनै अस्त ब्यस्त भै रहेको बेला सर्वसाधारणको स्वास्थ सुबिधा सहज होस भनेर उहाले आफुले प्रयोग गर्दै आएको महिन्द्रा बोलेरो जिपलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न गराउन निर्देशन दिनु भएको हो।  चितवन एम्बुलेन्स चालक समितिको सद...

एअनेशिसं इच्छाकामनाले गाउँपालिकामा बुझायो ज्ञापन पत्र

एअनेशिसं  इच्छाकामनाले   गाउँपालिकामा बुझायो ज्ञापन पत्र
इच्छाकामना,१३ चैत । एकीकृत अखिल नेपाल शिक्षक संगठन इच्छाकामना गाउँ कार्य समितिले गाउँपालिकालाई शुक्रबार ज्ञापन पत्र बुुझाएको छ । बागमती प्रदेश अन्र्तगतका सबै स्थानीय तहमा ज्ञापन पत्र बुझाउने कार्यक्रम अनुसार गाउँपालिका शिक्षा शाखाका प्रमुख दुर्गादेवी खड्का र श्रोत व्यक्ति भविश्वर गुरुङलाई पत्र बुुझाईएको हो । राष्ट्रिय १२ र स्थानीय ३ गरि विभिन्न १५ बुदेँ माग राखिएको एकीकृत अखिल नेपाल शिक्षक संगठन इच्छाकामनाका अध्यक्ष इश्वर नेपालले जानकारी दिनुभयो ।ज्ञापन पत्रमा नेपाल शिक्षक...

सर्वशान्तिका विद्यार्थीहरुद्वारा कुरिनटारमा सनचेतनामुलक -याली

सर्वशान्तिका विद्यार्थीहरुद्वारा कुरिनटारमा सनचेतनामुलक -याली
कुुरिनटार :  अन्र्तराष्ट्रिय नारी दिवसको अवसर पारेर सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारले सचेतना मुलक  -याली सम्पन्न गरेको छ । सर्वशान्ति माविको बाल क्लबको आयोजनामा -याली  सम्पन्न भएको हो । ¥यालीमा महिला हिंसा अन्त्य गर, लैङ्गिगक समानता कायम गर,छोराछोरी बराबारी, बलात्कारीलाई कारबाही गर महिलाहरुलाई सम्मान गर लगायतका जनचेतनामुलक प्लेकार्ड सहित नारा लगाएका थिए । सर्वशान्तिमाविबाट सुरु भएको -याली ,सर्वशान्ति क्याम्पस गेट, शसस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटार क्य...

आज वसन्त पञ्चमी, सरस्वतीको पूजा गरी मनाइँदै

आज वसन्त पञ्चमी, सरस्वतीको पूजा गरी मनाइँदै
काठमाडौं,४ फागुन । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन्। विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आ...

पहिलो चरणमा चितवनमा ६९४० जनाले लगाए कोरोना खोप

पहिलो चरणमा  चितवनमा  ६९४० जनाले लगाए कोरोना खोप
चितवन  : चितवनमा पहिलो चरणमा ६९४० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । सरकारले कोरोनाविरुद्धको खोप जिल्ला जिल्लामा पुर्याएपछि ९ दिनका लागि तोकिएको खोप तालिका चितवनमा दुई दिन थप गरी आज ११ औँ दिनमा समापन गरिएको छ । चितवनमा भरतपुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरीटेण्डेन डा जगन्नाथ तिवारीले लगाएर सुरु गरिएको खोप शनिवार अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले लगाएसँगै पहिलो चरणको खोप अभियान अन्त्य भएको हो । सुरुका ३, ४ दिन खोप लगाउनेको सख्या न्यून भएपनि पछि...

मुग्लिनको ग्रीनफिल्ड स्कुल भित्र बिद्यार्थी कुटिएको प्रती नेविसंघ इच्छाकामनाको ध्यानाकर्षण ।

मुग्लिनको ग्रीनफिल्ड स्कुल भित्र बिद्यार्थी कुटिएको प्रती नेविसंघ इच्छाकामनाको ध्यानाकर्षण ।
मुग्लिन, १९ माघ । ग्रिन फिल्ड इङ्लिस बोर्डिङ स्कुल मुग्लिनको परिषर भित्रै विद्यार्थीमाथि कुटपिट भएको भन्दै दोषीलाई कारबाही र विद्यालयमा सुरक्षितका साथ पढ्न पाउने वातावरण बनाउन (नेपाल विद्यार्थी संघ नेविसंघ) इच्छाकामनाले माग गरेको छ । आज विद्यालय प्रशासनमा नेविसंघले ध्यानाकर्षण पत्र बुझाएको हो । नेविसंघ इच्छाकामनाका सभापति सनम पन्तले विद्यालयभित्र अनुमती विना बाहिरबाट आएकाहरुले अपशब्द बोली गालीगलौजका साथै कुटपिट हुनु विद्यालय प्रशासनको कमजोरी भएको बताउनुभयो । विद्यालयभित्रै व...

आज बिप्लव समूह द्वारा चितवनमा शैक्षिक हड्ताल। पक्राउपरेका कार्यकर्ता रिहाइको माग।

आज बिप्लव समूह द्वारा चितवनमा शैक्षिक हड्ताल। पक्राउपरेका कार्यकर्ता रिहाइको माग।
भरतपुर- प्रतिबन्धित नेकपा विप्लव समूह निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) चितवनले आज  चितवनका शैक्षिक संस्था बन्दको आब्हान गरेको छ । प्रहरीले पक्राउ गरेका जिल्ला सचिवालय सदस्य तथा भरतपुर महानगरपालिका संयोजक सुमन श्रेष्ठ ‘सम्राट’को रिहाइको माग गर्दै बन्द आब्हान गरिएको हो । संगठनले आज एक विज्ञप्ती जारी गर्दै श्रेष्ठको रिहाइको माग गर्दै बन्द आब्हान गरिएको जनाएको छ । श्रेष्ठलाई यही ९ गते भरतपुरको सप्तगण्डकी क्याम्पस चोकबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई म्याद थप गरी ...

चितवनमा भोलि देखि कोरोना विरुद्धको खोप लगाउन सुरु गरिने

चितवनमा भोलि देखि कोरोना विरुद्धको खोप लगाउन सुरु गरिने
चितवन  : भोलि बुधवारदेखि चितवनमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाउन शुरु गरिने भएको छ । आज मंगलबार खोप प्राप्त भएसँगै भोलिदेखि नै लगाउन शुरु गरिने भएको हो । खोप लगाउनका लागि जिल्लाभर तीन वटा खोप केन्द्र तोकिएको छ । भरतपुरस्थित भरतपुर अस्पताल, पूर्वी चितवनको रत्ननगरस्थित रत्ननगर बकुलहर अस्पताल र माडीको बगौडा अस्पतालबाट खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । तीन वटै अस्पतालमा बिहान साँढे १० बजे एकै समयमा खोप लगाउन शुरु गरिने कार्यालयका प्रमुख दीप...

सर्वशान्ति माविमा सुधारको माग गर्दै नेविसंघ इच्छाकामनाद्वारा विद्यालय प्रशासनको ध्यानाकर्षण

सर्वशान्ति माविमा सुधारको माग गर्दै नेविसंघ इच्छाकामनाद्वारा विद्यालय प्रशासनको  ध्यानाकर्षण
कुरिनटार, २९ पुस । सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको विभिन्न पक्षको सुधारको माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) इच्छाकामनाले विद्यालय प्रशासनलाई ध्यानाकर्षण गराएको छ ।  विद्यालयमा चमेना गृह (क्यान्टिन)को व्यवस्था , यातायातको सुविधा र अंग्रेजी माध्यममा बोलचालको वातावरण बनाउन माग गर्दै आज विद्यालयका प्रधानाध्यापक जोहन खरेललाई ध्यानाकर्षण पत्र बुझाएको हो । नेविसंघ इच्छाकामनाका सभापति सनम पन्तले विद्यार्थीहरु दैनिक जोखियात्रा गर्न बाध्य भएको, खाजा खानका लागि बाहिर जान...