इच्छाकामना,१३ चैत । एकीकृत अखिल नेपाल शिक्षक संगठन इच्छाकामना गाउँ कार्य समितिले गाउँपालिकालाई शुक्रबार ज्ञापन पत्र बुुझाएको छ । बागमती प्रदेश अन्र्तगतका सबै स्थानीय तहमा ज्ञापन पत्र बुझाउने कार्यक्रम अनुसार गाउँपालिका शिक्षा शाखाका प्रमुख दुर्गादेवी खड्का र श्रोत व्यक्ति भविश्वर गुरुङलाई पत्र बुुझाईएको हो ।

राष्ट्रिय १२ र स्थानीय ३ गरि विभिन्न १५ बुदेँ माग राखिएको एकीकृत अखिल नेपाल शिक्षक संगठन इच्छाकामनाका अध्यक्ष इश्वर नेपालले जानकारी दिनुभयो ।ज्ञापन पत्रमा नेपाल शिक्षक महासंघ र नेपाल सरकारबीच गरिएका सम्झौता तुरुन्त लागू गर्नु पर्ने,उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गरिनु पर्ने ,स्थायी शिक्षकहरुको अस्थायी अघिको गणना गरि निवृत्तभरणको व्यवस्था गर्नु पर्ने, लगायतका माग राखेका छन् । संगठनका पदाधिकारी तथा सदस्यहरु र संगठनमा आवद्ध सदस्यहरु गाउँपालिकाको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएका हुन् ।

साथै संगठनले स्थानीय स्तरमा भएका गतिविधिहरु सच्याउन तीन बुदेँ माग गरेका छन् । तीन बुदेँ मागमा माझ गाउँ माविको अनुदान कोटा शिक्षक मीनप्रसाद गौतमले प्रकृया पुरा गरि शिक्षक नियुक्ति लिई अध्यायपन गर्दागर्दै विनाकारण अवकास दिई निजको कोटामा पुन ः विज्ञापन गरि शिक्षकको हकहित विपरित कार्य भएकोले उक्त कार्य बन्द गरि पुर्नवाहली गर्न, इच्छाकामना गापा अन्तरगतका शैक्षिक मुद्वामा एअनेशि संगठनको उपस्थितिको ग्यारेन्टीको गर्न र प्रकृया पुरा भएका कुनै पनि शिक्षकहरुको घरपायक सरुवा नि :शर्त लागु गर्न माग गरेका छन् ।

 

मागहरु  : 
१.नेपाल शिक्षक महासंघ र नेपाल सरकारबीच गरिएका ३० बुँदे सम्झौता तुरुन्त लागू गर ।
२.उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गरी लागू गर ।
३. संघीय शिक्षा ऐन अविलम्व जारी गर ।
४. वालविकास शिक्षक र विद्यालय कर्मचारीहरुका माग अविलम्ब पूरा गर ।
५. राहत शिक्षक,साविक उच्च मा.वि.का शिक्षकहरुलाई दरबन्दिमा रुपान्तरण गरी आन्तरिक÷खुल्ला प्रतियोगिताबाट स्थायी गर्ने प्रक्रिया अगाडी बढाइयोस् ।
६. विभिन्न कारणबाट परिक्षा छुट भएका, करार शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धामा समावेश गर ।
७. स्थायी शिक्षकहरुका अस्थायी अवधिको गणना गरी निवृत्तिभरणको व्यवस्था गर ।
८. द्धन्द्धपिडित शिक्षकहरुका समस्या तत्काल समाधान गर ।
९. संवैधानिक शिक्षा आयोग गठन गर ।
१०. संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुलाई नियुक्ति पत्र दिई तहगत तलव सुविधाको व्यवस्था गर ।
११.सामुदायिक विद्यालयहरुमा आवश्यक तहगत र विषयगत शिक्षक दरबन्दि थप गरि योग्यता पुगेका निजिश्रोत शिक्षकहरुलाई पदस्थापन गर ।
१२. सबै स्थानीय तहहरुमा शिक्षकका सबै पेशागत संस्थाहरुको प्रतिनिधित्व हुने गरी सामाजिक संवाद समिति गठन गरी शैक्षिक तथा पेशागत समस्याहरु सहमतिबाट समाधान गर्ने नीतिगत प्रबन्ध गर ।

No description available.

इच्छाकामनाका गापा अन्तरगतका स्थानिय मागहरु
१,माझ गाउँ माविको अनुदान कोटा शिक्षक मीनप्रसाद गौतमले प्रकृया पुरा गरि शिक्षक नियुक्ति लिई अध्यायपन गर्दागर्दै विनाकारण अवकास दिई निजको कोटामा पुन :  विज्ञापन गरि शिक्षकको हकहित विपरित कार्य भएकोले उक्त कार्य बन्द गरि पुर्नवाहली गर्न जोडदार माग गर्दछ ।
२,इच्छाकामना गापा अन्तरगतका शैक्षिक मुद्वामा एअनेशि संगठनको उपस्थितिको ग्यारेन्टीको माग गर्दछ ।
३, प्रकृया पुरा भएका कुनै पनि शिक्षकहरुको घरपायक सरुवा नि : शर्त लागु गर्न माग गर्दछ ।

No description available.