कुरिनटार-इच्छाकामना गाउँपालिका उपाध्यक्ष कृतीकुमार श्रेष्ठले आफुले प्रयोग गर्दै आएको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने हुनु भएको छ।                                                                                      कोभिड १९ कोरोना भाइरसको दोश्रो लहरले देशनै अस्त ब्यस्त भै रहेको बेला सर्वसाधारणको स्वास्थ सुबिधा सहज होस भनेर उहाले आफुले प्रयोग गर्दै आएको महिन्द्रा बोलेरो जिपलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न गराउन निर्देशन दिनु भएको हो।  चितवन एम्बुलेन्स चालक समितिको सदस्य चालक सोनाम हुसैन र प्रेम गुरुङ(ईच्छाकामना गा.पा. का सवारी चालक) लाई गाडिको   चावि हस्तान्तरण गर्नुको  साथै आफ्नो एक महिनाको पारिश्रमिक सेवा सुबिधा पनि चालक लाई नै उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ।                                                                            इच्छाकामना गाउँ पालिकाको एउटा आफ्नै एम्बुलेन्स भए पनि अहिले बिग्रेको अबस्थामा छ।