वाइसिएल चितवनको १२१ सदस्यीय जिल्ला समन्वय समिति गठन
चितवन : नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लीग नेपाल (वाइसिएल) चितवनले १२१ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको छ । माओवादी केन्द्रका केन्द्रिय सदस्य एंव जिल्ला इन्चार्ज घनश्याम दाहाल(अबिनास)को प्रमुख आतिथ्यतामा बसेको वाइसिएल नेपाल चितवनको विस्तारित बैठकले दुर्लभ शाही (रुपक) संयोजक रहेको १२१ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको हो ।
यस अघि जिल्ला पार्टीको विस्तारित बैठकले शाहीलाई संयोजकको जिम्मेवारी तोकिएपनि जिल्ला समन्वय समितिले भने पूर्णता पाएको थि...








