तनहुँ  : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) देवघाटको अध्यक्षमा संजोक  भुजेल चयन भएका छन् । शुक्रबार सम्पन्न दोश्रो गाउँपालिका सम्मेलनले भुजेलको नेतृत्वमा २१ सदस्यीय गाउँ कमिटी गठन गरिएको हो ।
अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश अध्यक्ष एंव केन्दिय उप–महासचिव सुदिन पौडेलको प्रमुख अतिथ्यता तथा नेकपा (माओवादी केन्द्र) देवघाटका अध्यक्ष भुवन सिंह गुरुङ,अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य एवं देवघाट इन्चार्ज मनोज बास्तोला  लगायतको  उपस्थितिमा सम्मेलन सम्पन्न भएको हो ।
भेलालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका गण्डकी प्रदेश अध्यक्ष एवं केन्द्रिय उप–महासचिव सुदिन पौडेलले  जब सम्म राज्यले आम नागरिकको स्वास्थ ,शिक्षा र रोजगारिको ग्यारेन्टी गर्न सक्तैन तब सम्म देशमा भ्रष्टाचार, अस्थिरता र चलखेल बढीरहने बताउनुभयो ।अब आफुहरुको दायित्व शुसान र संविधानको कार्यन्वयन तथा रक्षा गर्नु रहेको बताउनुभयो ।उहाँले भन्नुभयो,“जब सम्म राज्यले आम नागरिकको स्वास्थ,शिक्षा र रोजगारिको ग्यारेन्टी गर्न सक्तैन तब सम्म देशमा भ्रष्टाचार, अस्थिरता र चलखेल बढीरहन्छ, अबको हाम्रो प्रमुख दायित्व देशमा शुसान कायम गराउने, संविधानमा लेखिएका स्वास्थ्य,शिक्षा रोजगारिको ग्यारेन्टी जस्ता कुराहरुलाई कार्यन्वयन गराउन लाग्ने र यो संविधानको कार्यन्वयन तथा रक्षा गर्नु हो ।”
साथै पौडेलले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्थाको खाँचो रहेको बताउनुभयो । यसका  लागि पनि आम युवा बिद्यार्थीलाई साथमा लिएर अगाडी बढ्नुपर्नेमा  जोड दिनुभयो ।
अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले जुन आफ्नो कार्यकालमा भ्रष्टाचारिहरुको छानी–छानी जेल कोच्ने , भुमाफियाहरुको उठिबास  गराउँने,  ठग,दलाल, र नेपाली नागरिकहरुलाई पशुु जस्तै बेचबिखन गर्ने अथवा भुटानी शरणार्थी बनाएर मान्छे बेच्ने ,तस्करी गर्नेहरुलाई आफ्नो अर्काको नभनी कारबाही गर्ने साहस गरेका कारण आम मानिसमा नेकपा (माओवादी केन्द्र) प्रति आकर्षण बढेको उहाँको भनाई छ ।
अखिल(क्रान्तिकारी)को अहिले देशैभरी उत्साहजनक कार्यक्रमहरु भइरहेको बताउनुभयो । अखिल( क्रान्तिकारी)ले यतिबेला आन्तरिक संगठन लाई ब्यबस्थित र सुदृढीकरण गर्दै लगिएको  उहाँको भनाई छ ।