
चितवन : नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लीग नेपाल (वाइसिएल) चितवनले १२१ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको छ । माओवादी केन्द्रका केन्द्रिय सदस्य एंव जिल्ला इन्चार्ज घनश्याम दाहाल(अबिनास)को प्रमुख आतिथ्यतामा बसेको वाइसिएल नेपाल चितवनको विस्तारित बैठकले दुर्लभ शाही (रुपक) संयोजक रहेको १२१ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको हो ।
यस अघि जिल्ला पार्टीको विस्तारित बैठकले शाहीलाई संयोजकको जिम्मेवारी तोकिएपनि जिल्ला समन्वय समितिले भने पूर्णता पाएको थिएन ।
साथै बैठकले वाइसियल भरतपुर महानगर अध्यक्ष सतिश ढकाललाई पदेन जिल्ला सह–संयोजक बनाउने निर्णय गरेको छ । संगठनको अर्को बैठकबाट बाँकी जिल्ला सदस्य पछि थप गरिने संयोजक दुर्लभ साही‘रुपक’ले बताउनुभयो । बैठकले विभिन्न सामाजिक,राजनितिक,बैैैचारिक एवंं सांगठनिक कामहरु गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । साथै बैठकले १३ सदस्यीय जिल्लाको कार्यालय विस्तार गर्ने निर्णय गरिएको छ ।
माओवादी केन्द्रका ,चितवन जिल्ला पार्टी संयोजक आर.सि अधिकारी र सचिव दोर्णबाबु सिवाकोटी, बागमती प्रदेशका सांसद,तथा पार्टीका भरतपुर महानगर अध्यक्ष ईश्वर सापकोटा ‘सुमन’को बिशिस्ट आतिथ्यता र वाइसिएल बागमती प्रदेश अध्यक्ष साजन अधिकारी,वाइसिएलका केन्द्रीय सदस्यहरु रामु गोदार,बिजय सिंह र किरण धामीको बिशेष उपस्थितिमा बैठक सम्पन्न भएको हो ।