चितवन, ३० कात्तिक । आगामी प्रतिनिधि सभा रस प्रदेशसभाको चुनावका लागि तोकिएका १६१ मतदानस्थल मध्ये ५२ वटा मतदानस्थललाई अतिसंवेदनशील र १०९ मतदानस्थललाई संवदेनशीलको सूचिमा राखिएको छ ।
जिल्लामा सुरक्षा सर्तकता उच्च पारिएको जिल्लाका सुरक्षा प्रमुखले बताएकाछन् । जिल्लामा नेपाल प्रहरीको मात्रै तीन हजार २९६ परिचालन हुनेछन् भने म्यादीको संख्या एक हजार ७१० रहेको छ ।
जिल्लाका १६१ स्थलका ४०८ मतदानकेन्द्रमा भित्री सुरक्षा नेपाल प्रहरी, बिचको घेरा सशस्त्र प्रहरी र बाहिरी घेरा नेपाली सेना रहने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए ।
सुरक्षा समितिले नेपाल प्रहरीको मोवाइल टोल, रिजर्व टोली र सिभिल टोली, सशस्त्र प्रहरीको मोवाइल र स्टाईकिङ टोली, नेपाली सेनाको टुकडी तथा बेस र राष्ट्रिय अनुसन्धानको ईन्टिलेन्स समूह परिचालन गरिएको उनले बताए ।