चितवन २३, कात्तिक । प्रदेश सभा सदस्य चितवन क्षेत्र नम्बर २ (क) का उम्मेदवार जितनारायण श्रेष्ठले कम्युनिष्टमा ईमान्दारीता नहुने बताउनु भएको छ । आज कालिका नगरपालिका वडा नम्बर ८ मा आयोजित वडा भेलामो बोल्दै श्रेष्ठले यस्तो बताउनु भएको हो । सत्ता मोहका कारण कम्युनिष्ट पार्टीहरु बिग्रिएको बताउँदै उहाँले बामपन्थि शक्ति एक हुनुमा सत्ता मोह रहेको बताउनु भयो ।
२०६४ सालको संबिधान सभाको निर्वाचनमा पनि जनताले कम्युनिष्टलाई पहिलो शक्ति बनाएको तर त्यो समयमा जनताका लागि संबिधान जारी गर्नु भन्दा पनि सरकार परिबर्तनमा मात्रै केन्द्रित भएको बताउनु भयो । सत्ताको मोहका कारण बाम एकता निर्वाचन पछि फुट्ने बताउँदै उहाँले संबिधानको रक्षाका लागि काँग्रेस र लोकतान्त्रीक गठबन्धनको जित हुनु आबश्यक रहेको बताउनु भयो । एमाले र माओवादी संस कुनै ईमान्दारीता नरहेकाले निर्वाचनमा ठूलो क्षती हुने भए पछि डरले एक ठाउँ भएको उहाँको भनाई थियो ।
नेपालको हरेक बिकासका क्रमहरु काँग्रेसकै अगुवाईमा भएको भन्दै उहाँले जनताले काँग्रेसको साथ र सहयोग खोजेको बताउनु भयो । जनताको चाहना अनुसारको ईतीहाँस र भबिश्य बोकेको काँग्रेसलाई कुनै तागतले हराउन नसक्ने भन्दै श्रेष्ठले पहाडी क्षेत्रको बिकास र नारायणगढ बजारको व्यवस्थापन आफ्नो जिम्मेवारी रहेको बताउनु भयो । सिद्धिमा रहेका चेपाङ्हरुको पिडामा मलम लगाउदै आएको बताउँदै उहाँले हरेक समस्याको समाधनका लागि मुलुकमा काँग्रेसनै आबश्यक पर्ने बताउनु भयो ।
राजनितिमा जे पनि हुन सक्ने भन्दै उहाँले दुई महिना अघि काँग्रेस चितवनलाई परेको चोट अब फेरी एमालेलाई पर्ने बताउनु भयो । बिपिले चाहेको संबिधान अहिले आएर बनेको बताउँदै उहाँले अब यसको रक्षाका लागि पनि काँग्रेस आबश्यक हुने बताउनु भयो । यस्तै आज भरतपुर महानगरपालीका वडा नम्बर २९ को जुगेडी र ३ मा वडा भेला सम्पन्न भएको छ ।