देश / समाज

भोलि हुने राष्ट्रियसभा चुनावको सबै तयारी पूरा

काठमाडौं, माघ २३ । भोलि हुने राष्ट्रियसभा चुनावको लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । दुई नम्बर प्रदेशमा सबै निर्विरोध भैसकेकाले बाँकी ६ वटा प्रदेशमा भोलि चुनाव हुनेछ । प्रदेश नं. १ को विराटनगर, ३ को ललितपुर, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को डोटीमा मतदान केन्द्र तोकिएको छ ।राष्ट्रियसभामा चुनिने ५६ सिटमध्ये उम्मेदवारी मनोनयनकै क्रममा २४ सिट निर्विरोध भैसकेको छ । अब ३२ सिटका लागि मात्रै चुनाव हुन लागेको हो । ५९ सदस्यीय राष्ट्रियसभामा ३ जना सरकारको सिफार...

गुरुङ चलचित्र ङै माया क्योँलाई फागुन ४गते श्रीकृष्णहल आँबुखैरेनीमा (ट्रेलर सहित)

गुरुङ चलचित्र ङै माया क्योँलाई फागुन ४गते श्रीकृष्णहल आँबुखैरेनीमा (ट्रेलर सहित)
तनहुँ,माघ२३। गुरुङ संस्कृतिमा आधारित चलचित्र ङै माया क्योँलाई (मेरो माया तिमिलाई ) श्री कृष्ण हल आँबुखैरनीमा प्रदर्शन गरिने भएको छ । सुभेच्छा फिल्म प्रोडक्सन प्रालिको पश्तुतीमा निर्माण गरिएको यस चलचित्रमा कुशल गुरुङ, तारा बहादुर गुरुङ, एलिजा गुरुङ र पुजा गुरुङको मुख्य अभिनय रहेका छन् । फिल्मको खुस बहादुर गुरुङले निर्देशन गरेका हुन् । गुरुङ समुदायको संस्कृतिमा आधारित यस चलचित्र तनहुँको आँबुखैरनीमा रहेको श्रीकृष्ण चलचित्र हलमा मध्यान्न १२ बजे देखि प्रदर्शन गरिने निर्माता ...

ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु

ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु
गोरखा, २३  माघ । गोरखा नगरपालिकाको १२ किलो बजार नजिकै भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । घटनामा दुई जना घाइते भएका छन् । दुर्घटनामा भिमसेन गाउँपालिका सिक्रेका रञ्जन नेपालीको ज्यान गएको हो । घटनामा गोरखा नगरपालिका–१, ताप्लेका कृष्ण नेपाली र शिव नेपाली घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल गोरखामा उपचार भैरहेको छ । ग १ त ३२९४ नम्बरको ट्रयाक्टर गोरखा नगरपालिका वडा नम्बर ११ को घुलघुले खोलाको मोडबाट २५ मिटर तल खसेको हो । तीब्र गतिका कारण ...

पेट्रोलियम पदार्थको भाउ बढ्यो (मुल्य सुचि सहित)

पेट्रोलियम पदार्थको भाउ बढ्यो (मुल्य सुचि सहित)
काठमाडौं, १९ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको हिजो बसेको बैठकले खाना पकाउने एलपी ग्यास बाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोलमा एक रुपैयाँ, डिजेल र मट्टितेलमा दुई–दुई रुपैयाँ, हवाई इन्धन आन्तरिकमा प्रतिलिटर ५ रुपैयाँ र बाह्यमा प्रतिकिलोलिटर एक सय डलर बढाएको निगमले जनाएको छ । अब पेट्रोल एक लिटरको १ सय ५ रुपैयाँ, डिजेल र मट्टितेल ८३ रुपैयाँ, हवाई इन्धन आन्तरिक ९५ रुपैयाँ पर्ने भएको छ । यसअघि मंसिर २२ ...

नक्कली मनोज पुन बनेर मनकामना केबलकारका संचालक धम्क्याउने पक्राउ

नक्कली मनोज पुन बनेर मनकामना केबलकारका संचालक धम्क्याउने पक्राउ
काठमाडौँ,१८ माघ । रुपेन्दही युवा संघ अध्यक्ष दुर्गा तिवारी, निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन र व्यवसायी वसन्त पौडेलको हत्यापछि प्रहरीको सर्वाधिक खोजी सूचीमा परेका गुन्डा नाइके हुन् मनोज पुन। ३२ वर्षीय पुनले भारतमा बसेर आपराधिक गतिविधि संचालन गर्दै आएको प्रहरीको दावी छ। रुपन्देही लगायत राजधानीमा समेत पुनले व्यापारीलाई पैसा माग्ने, नदिए मार्ने धम्की दिने गरेका छन्। मनोज पुन मात्र होइन, अहिले पुनको नाममा अरुले पनि आपराधिक गतिविधि संचालन गरेको खुल्न आएको छ। प...

आज प्रदेशसभा ३ को पहिलो बैठक बस्दै ,सभामुखको भूमिका ज्येष्ठ सदस्यले गर्ने

आज प्रदेशसभा ३ को पहिलो बैठक बस्दै ,सभामुखको भूमिका ज्येष्ठ सदस्यले गर्ने
हेटौंडा,१८ माघ । आज देश संघीय संरचनामा रूपान्तरण भएपछि प्रदेशसभा बैठक पहिलो पटक हेटौंडामा बस्दै छ। प्रदेश ३ को प्रदेशसभाको पहिलो बैठकको कार्यसूचीमा ‘प्रदेशसभाको अन्तरिम कार्यविधि पास गर्ने’ र ‘सभामुख चयनको प्रस्ताव’ राखिएको छ। पहिलो बैठकको सभामुखको भूमिका ज्येष्ठ सदस्य डोरमणि पौडेलले गर्नेछन्। यसअघि दुई पटक हेटौंडा नगरपालिकाको मेयर भइसकेका ७१ वर्षीय पौडेल यसपटक प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्। बैठकको सुरुमा सभामुखको आसनबाट पौडेलले प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रथम ...

उवासंघ चितवनका नवनिर्वाचित पदाधिकारीहरुलाई इच्छाकामनामा बधाई तथा सम्मान

उवासंघ चितवनका नवनिर्वाचित पदाधिकारीहरुलाई  इच्छाकामनामा बधाई तथा सम्मान
चितवन (इच्छाकामना), १७ माघ । ५१औँ साधरण सभाबाट नवनिर्वाचित उद्योग वाणिज्य संघ चितवनका पदाधिकारीहरुलाई इच्छाकामनामा बधाई तथा सम्मान गरिएको छ । बुधबार ईच्छाकामना ३ स्थित सिद्धार्थ होटल चुम्लिङ्टारमा इच्छाकामना उद्योग वाणिज्य संघ मग्लिनले एक कार्यक्रमकाबीच अध्यक्ष सहनलाल प्रधान सहित कार्य समितिलाई सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ चितवनका नवनिर्वाचित अध्यक्ष सहनलाल प्रधानले उद्योगा वाणिज्य संघको निर्वाचनको संघारमा इच्छाकामना उद्योग वाणिज्य संघको नियम...

आज विभिन्न कार्यक्रम गरि शहीद दिवस मनाइँदै

आज विभिन्न कार्यक्रम गरि शहीद दिवस मनाइँदै
काठमाडौं,१६ माघ  । आज देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्झना र सम्मान प्रकट गर्दै यो दिवस माघ १६ मा मनाइने गरिन्छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवनको आहूती गरेका वीर सपूतको सम्झनामा प्रत्येक वर्ष शहीद दिवस मनाउने गरिन्छ । अमर शहीद शुक्रराज शास्त्री...

मन्त्रिपरिषद्को निर्णय:६जनालाई सहिद घोषाणा देखि नेश्नल ट्रेडिङ लिमिटेड खारेज सम्म

मन्त्रिपरिषद्को निर्णय:६जनालाई सहिद घोषाणा देखि नेश्नल ट्रेडिङ लिमिटेड खारेज सम्म
काठमाडौं,१५ माघ । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले घाटा चुलिदै गएर सञ्चालन हुन नसक्ने देखिएको भन्दै सरकारले नेसनल टे्रडिङ लिमिटेडलाई खारेज गर्ने निर्णय गरेको छ । त्यसैगरी सरकारले २०५८ देखि ०६० सालसम्म मारिएका ६ जनालार्इ शहिद घोषणा गरेको छ ।द्वन्द्वका क्रममा माओवादीद्वारा मारिएका स्याङ्जाका देवानसिंह राना, देवबहादुर खवास, विष्णुबहादुर चन्द, मिन बहादुर बानिया क्षेत्री, नेत्रनारायण भण्डारी र रणबहादुर गुरुङलाई सरकारले शहीद घोषणा गरेको हो । संघीय संरचनामा जान सहज हुने...

प्रेस सेन्टरको १४ औँ स्थापना दिवस : प्रेसमाथि अंकुश लगाउन सक्ने संघीय कानूनमा सजग हुन सुझाब

प्रेस सेन्टरको १४ औँ स्थापना दिवस : प्रेसमाथि अंकुश लगाउन सक्ने संघीय कानूनमा सजग हुन सुझाब
चितवन, १५ माघ । मुलुक संघीय ढाँचामा जाँदै गर्दा प्रेसमाथि अंकुश लगाउन सक्ने नयाँ ऐन कानूनमा सजग हुन यहाँका पत्रकारहरूले सुझाएका छन् । प्रेश स्वतन्त्रताबिना संघीयता कार्यान्वयन भए जनताका अधिकार कुण्ठित हुने उनीहरुको भनाइ छ । प्रेस सेन्टर नेपालको १४औँ स्थापना दिवसका अवसरमा चितवन जिल्ला शाखाले आज यहाँ आयोजना गरेको प्रादेशिक संरचनामा ‘पत्रकारको भूमिका’ विषयक अन्तरक्रियामा सहभागी अगुवा पत्रकारहरुले  सो कुरामा जोड दिएका हुन् । पछिल्लो समय बिभिन्न राजनीतिक दलले ...