चितवन (इच्छाकामना), १७ माघ । ५१औँ साधरण सभाबाट नवनिर्वाचित उद्योग वाणिज्य संघ चितवनका पदाधिकारीहरुलाई इच्छाकामनामा बधाई तथा सम्मान गरिएको छ ।

बुधबार ईच्छाकामना ३ स्थित सिद्धार्थ होटल चुम्लिङ्टारमा इच्छाकामना उद्योग वाणिज्य संघ मग्लिनले एक कार्यक्रमकाबीच अध्यक्ष सहनलाल प्रधान सहित कार्य समितिलाई सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ चितवनका नवनिर्वाचित अध्यक्ष सहनलाल प्रधानले उद्योगा वाणिज्य संघको निर्वाचनको संघारमा इच्छाकामना उद्योग वाणिज्य संघको नियमित बैठकले आफ्नो टिमलाई पूर्ण समर्थन गर्नेे साहसी निर्णय गरेको र यस्तो निर्णयहरु विरलै पाएको भन्दै धन्यावाद दिनुभयो । अध्यक्ष प्रधानले उक्त निर्णयले इच्छाकामना गाउँपालिको ६०÷७० भोटले कम्तीमा पनि ७÷८ सय भोटको काम गरेकोे बताउनुभयो ।
अध्यक्ष प्रधानले इच्छाकामना गाउँपालिकामा पर्यटकीय सम्भावना प्रचुर रहेको बताउनुभयो । पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुलाई प्रवद्र्धन गर्नका लागि उद्योग वाणिज्य संघले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै इच्छाकामना उद्योग वाणिज्य संघ मुग्लिन का अध्यक्ष कल्याण गुभाजुले संघको स्थापना कालमा २० जनाबाट सुरुवात भई अहिले ८० जना पुगेको बताउदैँ यस क्षेत्रमा रहेका सम्पुर्ण व्यवसायीहरुलाई समेट्दै जाने बताउनुभयो ।
साथै उहाँले विगतमा उद्योग वाणिज्यसंघ चितवनबाट विभिन्न सहयोग भएको बताउदैँ आगामी दिनमा पनि संघको हक र हितका लागि सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।
साथै कार्यक्रममा तीन जना पत्रकारलाई सम्मान गरिएको छ । इच्छाकामना गाउँपालिकामा रहेर यस क्षेत्रको धार्मिक तथा पर्यटन क्षेत्रको प्रचार–प्रसार एंव प्रवद्र्धनमा विशेष योगदान पु–याएवापत, रेडियो मनकामनाका समाचार शाखाका प्रमुख हिरालाल गुरुङ, एभिन्युज टेलिभिजनका संवाद्दाता विनोद श्रेष्ठ र पारदर्शी दैनिक तथा सिनर्जी एफएमका संवाद्दाता रोहिणी त्रिपाठीलाई कदरपत्र सहित सम्मान गरिएको हो ।

कार्यक्रमा उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, कार्यसमिति सदस्य चन्द्रमणि सापकोटा, उद्योग वाणिज्य संघ ईच्छाकामनाका उपाध्यक्ष कुमार श्रेष्ठ, वडा न ४ का वडा अध्यक्ष मोदराज सिलावल,लगायतले बोल्नुभएको थियो ।

सोही कार्यक्रमको अवसरमा होटल व्यवसायी मुग्लिन इकाइले समेत नव निर्वाचित पदाधिकारीहरुलाई बधाइ एवं सम्मान गरेको थियो ।
उद्योग वाणिज्य सघका अध्यक्ष कल्याण गुभाजुको अध्यक्षतामा भएको बधाई तथा सम्मान कार्यक्रमको संचालन मणी शाक्यले गर्नुभएको थियो ।