तनहुँ,माघ२३। गुरुङ संस्कृतिमा आधारित चलचित्र ङै माया क्योँलाई (मेरो माया तिमिलाई ) श्री कृष्ण हल आँबुखैरनीमा प्रदर्शन गरिने भएको छ ।

सुभेच्छा फिल्म प्रोडक्सन प्रालिको पश्तुतीमा निर्माण गरिएको यस चलचित्रमा कुशल गुरुङ, तारा बहादुर गुरुङ, एलिजा गुरुङ र पुजा गुरुङको मुख्य अभिनय रहेका छन् । फिल्मको खुस बहादुर गुरुङले निर्देशन गरेका हुन् ।

गुरुङ समुदायको संस्कृतिमा आधारित यस चलचित्र तनहुँको आँबुखैरनीमा रहेको श्रीकृष्ण चलचित्र हलमा मध्यान्न १२ बजे देखि प्रदर्शन गरिने निर्माता तथा लोक दोहोरी गायक पृथ्वी गुरुङले जानकारी दिनुभयो ।
फिल्म गुरुङ समुदाय भित्र रहेका विभिन्न कला संस्कृतिकासाथ माया प्रितिमा आधारित रहेको गुरुङले बताउनुभयो ।