हेटौँडा, चैत २ । प्रदेश ३ का स्थानीय तहका पदाधिकारीहरूको सेवा सुविधा तय गरिएको छ। बिहीबार बसेको प्रदेश ३ को मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारीको सेवा सुविधासम्बन्धी विधेयक पारित गरेको हो।

स्रोतका अनुसार बैठकले महानगरपालिकाका प्रमुखको तलब मासिक ४६ हजार, उपप्रमुखको ४० हजार २ सय र वडाध्यक्षको २८ हजार रुपैयाँ तय गरेको छ।

यस्तै उपमहानगरको प्रमुखको तलब ४० हजार २ सय, उपप्रमुखको ३५ हजार र वडाध्यक्षले २५ हजार रुपैयाँ तय गरिएको छ। नगरपालिकाका प्रमुखको ३५ हजार, उपप्रमुखको ३१ हजार र वडाध्यक्षको २२ हजार रुपैयाँ तलब तय गरिएको छ।

गाउँपालिकाका अध्यक्षको तलब ३१ हजार, उपाध्यक्षको २७ हजार र वडा अध्यक्षले २० हजार रुपैयाँ तय भएको छ। उनीहरूको अन्य सेवासुविधा समेत व्यवस्था गरिएको स्रोतले जनाएको छ। स्थानीय तहका पदाधिकारीको सेवा सुविधा संसदबाट पारित भएसँगै लागु हुने जनाइएको छ।