चितवन,३ चैत । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कानुन अधिकृत गोकर्ण सापकोटामाथि डिजेल छर्केर आगो लगाउने प्रयास भएको छ । शनिबार बिहान ९ बजेतिर माछामुच्छ्रे चोकमा मोटरसाइकल चढेर आएका व्यक्तिहरुले आफुलाई रोकेर डिजेल छर्केको र आगो लगाउन खोज्दा भागेर जोगिएको सापकोटाले ताए ।
उनले भने ‘म कपाल काटेर घर फर्कदैँ थिए अचानक मोटरसाइकलमा आएको ४ जनाको समूहले मलाई मोविल छक्र्यो, त्यसपछि आगो लगाउन खोज्दा म भागेर बचेँ ।’
के कारणले म माथी आगो लगाउने प्रयात्न भयो म आफैलाई थाहा छैन म अचम्ममा परेको छु उनको भनाइ छ ।
घटना स्थल वरपर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पर्चा पनि भेटिएको स्थानीयले बताएका छन् ।