चितवन, चैत २ । चितवनका भूकम्पप्रभावित किसानका लागि ३० लाख रूपैयाँबराबरको राहत कार्यक्रम अाएको छ। भूकम्पप्रभावितका लागि कृषि कार्यक्रम सञ्चालन गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत राहत कार्यक्रम आएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको हो।

उक्त कार्यक्रम जिल्ला विपद् व्यवस्थापन समितिले समेत पारित गरिसकेको र किसानहरूको निवेदन लिने काम सकिएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सुधीर श्रेष्ठले जानकारी दिए।

प्राधिकरणमार्फत ४० किसानलाई मौरी गोला, ५ वटा प्लाष्टिक घर, एउटा एग्रो सेन्टर, २ ठाउँमा मत्स्य पोखरी पुनर्निर्माण र मर्मतका लागि उक्त अनुदानको राहत आएको छ। यस्तै ट्यांकीसहितको थोपा सिंचाइअन्तर्गत १० किसानका लागि आएको अनुदान कार्यक्रममा १४ वटा निवेदन परेको कृषि कार्यालयका प्राविधिक सहायक गोविन्दमान श्रेष्ठले जानकारी दिए।

उनकाअनुसार साना सिंचाइ पुनर्निर्माण र मर्मतका लागि ८५ प्रतिशतको अनुदान ६ कोटा एको छ। उक्त कार्यक्रमका लागि कार्यालयमा १६ वटा निवेदन परेको श्रेष्ठले जानकारी दिए। सबै कार्यक्रमका लागि किसानसँग निवेदन लिने काम सकिएको र यो महिनामा कार्यान्वयनमा ल्याइने कार्यालयले जनाएको छ।

जिल्लाको पहाडी क्षेत्रमा बढी भूकम्पप्रभावित छन्। भूकम्पले सबैभन्दा बढी साविक दारेचोक गाविसमा बढी क्षति पुर्‍याएको थियो