इलाम,२ बैशाख ।इलामको चुलाचुली गाउँपालिकाको भवनमा बम विष्फोट भएको छ । अज्ञात समूहले गराएको बम विष्फोटले भवन पूर्णरुपमा क्षतिग्रस्त बनेको छ ।

शनिबार राति ९ बजे भएको विष्फोटबाट गाउँपालिकाको सभा हल र कार्यपालिकाको बैठक कक्ष पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनसार विष्फोटबाट दुईतले भवनका छत भ्वाङ परेको छ भने छानासमेत खसेको छ ।

घटनास्थलमा हेर्दा कुकरका पाप्रा र तारहरु भेटिएकाले कुकर बम विष्फोट गराइएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।