चितवन, २३ वैशाख । प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दीपक थापा सहित ७९ जना एसपीको सरुवा भएको छ । एसपी थापाको चितवनबाट प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालयमा सरुवा भएको हो ।
अब चितवनको एसपीको रुपमा सुशील सिंह राठौर आउँदै हुनुहुन्छ । एसपी राठौर अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट चितवन आउन लाग्नु भएको हो ।
इच्छाखबर संवाददाता












