गोरखा, २३ वैशाख । गोरखामा आफ्नै आमालाई जवरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले भीमसेन थापा गाउँपालिका–६, छापागाउँका ३३ वर्षका युवालाई पक्राउ गरिएको जनाएको छ । उनले ६५ वर्षकी आमालाई करणी गरिरहेको देखेपछि युवककी पत्नीले प्रहरीमा खबर गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
गएको वैशाख २० गते राति ८ बजे आफ्नै आमालार्इ करणाी गरेको भन्दै युवककी श्रीमतीले उजुरी गरेपछि युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रारम्भीक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रले जनाएको छ । आमाले भने सहमतिमै करणी भएको बताएको प्रहरी स्रोतले जानकारी दिएको छ ।