इच्छाकामना,१० बैशाख । चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा पछिल्लो समय परिवार नियोजनका साधन प्रयोग गर्नेको संख्यामा बृद्धि भएको छ । सिफ्पो टु परियोजनाले आयोजना गरेको गाउँपालिका स्तरीय अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी गराएका हुन् ।
पिल्स डिपो आइयु सिडि र इन्प्लान्ट गरि ८०३ जनाले परिवार नियोजनका साधन प्रयोग गरेको स्वास्थ्य प्रमुख धन बहादुर खड्काले जानकारी दिए । उनका अनुसार काउले स्वास्थ्यचौकीमा २३४, चण्डिभञ्ज्याङमा ६९, दारेचोकमा २८६ दाहाखानीमा १६५ र पाम डाडामा ४९ जना रहेको छ । इच्छाकामनामा १हजार ९ सय जनाले कण्डम प्रयोग गर्ने गर्छन् ।
अहिले सिफ्पो टु चितवनले इच्छाकामना गाउँपालिकामा परिवार नियोजन सम्बन्धी कार्यक्रम संचालन गरिहरेको छ । उनले यो कार्यक्रमपछि परिवार नियोजनका साधनको प्रयोगकर्ता बढीरहेको बताए ।
अहिले इच्छाकामनामा रहेको ५ स्वास्थ्य संस्था मध्ये दारेचोक, काउले, दाहाखानी र पामडाडामा मात्र यो कार्यक्रम लागु गरिएको बताए । चण्डिभञ्ज्याङमा यो कार्यक्रम नभएकोले परिवार नियोजनका साधनको प्रयोग कर्ता कम भएको बताउदैँ उनले यस अघि अन्य स्वास्थ्य संस्थाको रेकर्ड चण्डीभज्याङकै जस्तो भएको बताए ।
कार्यक्रममा सिफ्पो टु का शुष्मा पोखरेलले कार्यक्रमको उदेश्य र अहिले भईरहेको गतिविधिबारे जानकारी गराएकी थिइन् । कार्यक्रममा गाउँपालीकाकी अध्यक्ष गीता कुमारी गुरुङले यस कार्यक्रमलार्य अझ प्रभावकारी बनाउन स्थानिय सरकार गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाईन् ।
कार्यक्रम गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङको अध्यक्षतमा सम्पन्न भएको हो ।