नेपालले आजदेखि बंगलादेशमा बिजुली निर्यात गर्दै
काठमाडौं : आजदेखि नेपालले बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात सुरु गर्ने भएको छ। आज दिउँसो पौने एक बजेदेखि राति १२ बजेसम्म नेपालबाट भारतको बाटो हुँदै बंगलादेशमा बिजुली निर्यात हुने भएको हो।
नेपाल, भारत र बंगलादेशबीच गत असोजको अन्तिम साता भएको त्रिदेशीय सम्झौताअनुसार बिजुली निर्यात गर्न लागिएको हो। नेपालबाट जुन १५ देखि नोभेम्बर १५ सम्म बिजुली निर्यात हुने सम्झौता छ।
पहिलो चरणमा आज एक दिनका लागि बिजुली निर्यात हुने छ। योसँगै बंगलादेशसम्म बिजुली निर्यात गर्ने सम्झौता का...









