
मोरङ : ठगी प्रकरणमा सार्वजनिक लेखा समितिका सभापति एवम् नेकपा एमालेका नेता ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेलविरुद्ध आज पक्राउ पुर्जी जारी भएको छ।
ठगी गरी अपराधिक लाभ लिएको कसुरमा उनलाई पक्राउ गरी अनुसन्धान गर्न मोरङ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो।
मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले माग बमोजिम पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको जानकारी दिए।
उनीमाथि एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने आश्वासन दिएर उनले सप्तरीका एक व्यक्तिबाट ३८ लाख लिएको आरोप लगाइएको छ।