खेलकुद

मैत्रीपूर्ण खेलमा नेपाल भारतसंग २–१ गोल अन्तरले पराजित

मैत्रीपूर्ण खेलमा नेपाल  भारतसंग २–१ गोल अन्तरले पराजित
काठमाडौं : भारतसंगको मैत्रिपूर्ण फुटबल खेलमा नेपाल २– १ गोल अन्तरले पराजित भएको छ। दशरथ रंगशालामा भएको खेलमा भारतले नेपालिवरुद्ध दुई गोल गरेको छ। पहिलो हाफ गोररहित बराबरी रहेकोमा दोस्रो हाफमा भारतले दुई र नेपालले एक गोल गरेको हो। नेपालविरूद्ध पहिलो गोल भारतका फारूख चौधरीले ६२ औं मिनेटमा गरेका थिए। ७९ औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले गरेको गोलसँगै नेपालविरुद्ध जारी दोस्रो मैत्रीपूर्ण खेलमा भारतले २–० को अग्रता बनायो। कप्तान सुनिलले काउन्टर अट्याकमा सुन्दर गोल गरे।...

राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास
काठमाडौं  :  नेपालको राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । उनले नेपालका लागि खेल्नु नै आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भन्दै क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने जनाएका छन् । क्रिकेटर खड्काले मैदानभित्रका दुई दशक जीवन रहुन्जेल मिठो यादका रुपमा आफूसँग रहने भन्दै नेपाली क्रिकेटलाई सबै मिलेर नयाँ उचाइमा पुर्‍याउने विश्वाससमेत व्यक्त गरेका छन् ।

अल स्टारका स्टाईगर खेलाडी आँबुखैरेनीका सन्त बहादुर गुरुङ (कान्छा) जावलाखेल युथ क्लबमा अनुबन्ध

अल स्टारका स्टाईगर खेलाडी आँबुखैरेनीका सन्त बहादुर गुरुङ (कान्छा) जावलाखेल युथ क्लबमा अनुबन्ध
आँबुखैरेनी, १४ श्रावण । अल स्टार फुटबल क्लब आँबुखैरेनी तनहुँका स्टाईगर खेलाडी सन्त बहादुर गुरुङ(कान्छा) जावलाखेल युथ क्लबमा अनुबन्ध भएका छ्न । विभिन्न स्थानमा हुने प्रतियोगितामा अल स्टार क्लबबाट उत्कृष्ट खेल प्रदशन गर्दै आएका मेहेनती र जेहन्दार खेलाडी २३ बर्षका सन्त बहादुर गुरुङ(कान्छा)राष्ट्रिय ए डिभिजन क्लब जावलाखेल युथमा अनुबन्ध भएको क्लबका उपाध्यक्ष सुशील पाण्डेले जानकारी दिनुभयो । अल स्टार क्लबले सन्त बहादुर गुरुङ(कान्छा)को लागि केही गर्न नसके पनी आफ्नै मेहनत र लगनशील...

यूरोकपमा अनलाइन सट्टे बाजी गर्ने ८ जना पक्राउ

यूरोकपमा  अनलाइन सट्टे बाजी गर्ने ८ जना पक्राउ
काठमाडौं :  यूरोकप र कोपा अमेरिकामा अनलाइनमा बाजी राखेको अभियोगमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले गोप्य सूचनाको आधारमा इन्द्रचोक, न्यूरोड, क्षेत्रपाटी, गौरीघाट लगायतमा ुअनलाइन बेटिङु भएको जानकारी पाएपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो। उनीहरूले अनलाइनबाट बेटिङ भएको रकम भने आइएमईबाट पठाउने गरेको खुलेको छ। उनीहरूको साथबाट प्रहरीले ३४ लाख ६५ हजार ५ सय रुपैयाँ समेत बरामद गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं बस्ने ५७ वर्षीय राजेन्द्र श्रेष्ठ, ४७ ...

भरतपुरको नयाँ बस्तीमा दुई लाख बढी पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

भरतपुरको नयाँ बस्तीमा दुई लाख बढी पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने
चितवन   : दोश्रो थिङ्गिकिङ मोटरर्स भरतपुर २४ गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । खेलकुद समिति भरतपुर महानगरपालिका २४ चितवनको आयोजनामा सिद्धार्थ मा.विको खेलकुद मैदान नयाँ बस्तीमा फागुन २४ गतेदेखि चैत्र ७ गते सम्म प्रतियोगिता हुने भएको हो । 'खेलकुद विकासमा सहकार्य गरौँ भरतपुर २४ लाई खेलकुद कृषि र पर्यटन वडाको रुपमा स्थापित गरौँ 'भन्ने मुल नाराका साथ हुने प्रतियोगिताको विजेता टिमले दुई लाख दुई हजार २२२ रुपैयाँ र उपविजेताले रु एक लाख एक हजार १११ रुपैयाँ पुरस्कार सहित शिल्ड म...

प्रथम आँबुखैरेनी रंगशाला कपको उपाधी मर्स्याङ्दी युथ क्लबले जित्यो

प्रथम आँबुखैरेनी रंगशाला कपको उपाधी मर्स्याङ्दी युथ क्लबले जित्यो
तनहुँ :  प्रथम आँबुखैरेनी रंगशाला कप सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिताको उपाधी मर्स्याङ्दी युथ क्लबले हात पारेको छ । आज भएको फाईनल खेलमा सत्रसय (बी) लाई का बिरुद्ध ४ गोल गर्दै आँबुखैरेनीको मर्स्याङ्दी युथ क्लबले प्रथम आँबुखैरेनी रंगशाला कपको उपाधी कब्जा गरेको हो । उपाधी कब्जाका लागि मर्स्याङ्दी युथ क्लबका श्री कृष्ण रानाले ह्याट्रीक गरेका छन् । सेमिफाईनलमा एपोलो मुग्लिङ्गलाई २–० गोल अन्तरले हराउदै मर्स्याङ्दी युथ क्लबले फाईनलको यात्रा तय गरेको थियो, भने टाई बे्रकर...

गोर्खामा ५० हजार धनराशिको तेश्रो नवस्मृती कप पुरुष भलिवल प्रतियोगिता फाल्गुन २६ बाट हुने।

गोर्खामा ५० हजार धनराशिको तेश्रो नवस्मृती कप पुरुष भलिवल प्रतियोगिता फाल्गुन २६ बाट हुने।
राइनस- गोर्खाको सहिद लखन गाउँपालिका ४ जुक्दी राइनसमा तेस्रो नवस्मृति कप पुरुष भलिबल प्रतियोगिताको  संचालन मिति सार्वजनिक गरिएको छ।                                                                                        बिगतका बर्षहरुमा जस्तै ५० हजार प्रथम पुरस्कार रहने गरि महाशिबरात्रीको अवसरमा प्रतियोगिता आयोजना गरिएको आयोजक नवस्मृती युवा परिवारका  लक्ष्मण काप्रीले  जानकारी दिएका छन। प्रतियोगितामा दोश्रो हुने टोलिले ३० हजार र तृतीय हुने टोलिले २० हजार साथमा तिनवटै उत्कृष्ट टो...

पश्चिम चितवनमा रुरल कप क्विज प्रतियोगिता हुने।

पश्चिम चितवनमा रुरल कप क्विज प्रतियोगिता हुने।
सुक्रनगर - चितवनको पश्चिमि क्षेत्रमा शैक्षिक गन्तव्यको रुपमा आफ्नो परिचय बनाउदै गरेको रुरल  एजुकेसन प्रा.लि. ले आफ्नो स्थापनाको पहिलो वार्षिक उत्सवको अबसरमा रुरल कप क्विज प्रतियोगिता गर्ने भएको छ।                                                                                        भरतपुर २५ मा रुरल एजुकेसनकै परिसरमा माघ १६ गते संचालन हुने र पश्चिम चितवनका मा वि विद्यालयका बिद्यार्थी हरुको सहभागीता रहने प्रतियोगिताले विद्यार्थीहरुको बौद्धिक विकास सङसङै लोकसेवा प्रतिको उत्साह...

चितवनको नयाँबस्तीमा`नयाँबस्ती सुपर लिग २०७७ सुरु।

चितवनको नयाँबस्तीमा`नयाँबस्ती सुपर लिग २०७७ सुरु।
सुमन सुवेदी                                                             चितवनको भरतपुर २४ नयाँबस्तीमा`नयाँबस्ती सुपर लिग फुटबल  प्रतियोगिता २०७७’ सुरु भएको छ। परिवर्तन हातेमालो युवा संगठनको आयोजना तथा समक्ष युवा क्लब, नयाँबस्तीको सह-आयोजना हुने सुपर लिग खेलमा यहि माघको १० गते देखि सुरू गुने भएको छ। १२ वटा चितवन जिल्लीको टप टिमहरूको सहभागीता रहने लिगमा सहभागी टोलीको नाम यस प्रकार छन्: १) सेन्ट्रल कलेज बी. एफ. सी                                    २)रोड्स एफ. सी, रामपु...

नारायणी कप–२०७७ को उपाधी अल स्टार क्लब आँबुखैरेनीलाई

नारायणी कप–२०७७ को उपाधी अल स्टार क्लब आँबुखैरेनीलाई
चितवन २ माघ । चितवनको नारायणी नदी किनारमा भएको नारायणी कप–२०७७ को उपाधी अल स्टार क्लब आँबुखैरेनी तनहुँले उचाल्न सफल भएको छ । लगातार एक पछि अर्को जित निकाल्दै फाईनलमा प्रवेश गरेको अल स्टार क्लबले आज (शुक्रबार) भएको फाईनल खेलमा भरतपुर फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधी आफ्नो कब्जामा पारेको हो । खेलमा अल स्टारका लागी बिमल राना र विश्व अधिकारीले १–१ गोल गरेका थिए । जित सगै अल स्टार क्लबले नगद ४० हजार रुपैया हात पारेको छ, भने उपबिजेता भरतपुर फुटबल क्लबले नगद २० हजार ...