
सुक्रनगर – चितवनको पश्चिमि क्षेत्रमा शैक्षिक गन्तव्यको रुपमा आफ्नो परिचय बनाउदै गरेको रुरल एजुकेसन प्रा.लि. ले आफ्नो स्थापनाको पहिलो वार्षिक उत्सवको अबसरमा रुरल कप क्विज प्रतियोगिता गर्ने भएको छ। भरतपुर २५ मा रुरल एजुकेसनकै परिसरमा माघ १६ गते संचालन हुने र पश्चिम चितवनका मा वि विद्यालयका बिद्यार्थी हरुको सहभागीता रहने प्रतियोगिताले विद्यार्थीहरुको बौद्धिक विकास सङसङै लोकसेवा प्रतिको उत्साह जगाउन सहयोग पुग्ने चितवन रुरल एजुकेसन प्रा लि का प्रबन्ध निर्देशक विकास चन्द्र घिमिरेले बताउनु भयो। एक विद्यालय बाट एक छात्रा अनिवार्य सहित २ जनाको समुहमा मा वि अध्यनरत विद्यार्थी सहभागी रहने प्रतियोगिताको बिजेताले नगद ७ हजार र प्रमाणपत्र साथै दोश्रो हुने टिमले नगत ५ हजार सहित प्रमाणपत्र प्राप्त गर्ने छन।