उपाधी कब्जाका लागि मर्स्याङ्दी युथ क्लबका श्री कृष्ण रानाले ह्याट्रीक गरेका छन् । सेमिफाईनलमा एपोलो मुग्लिङ्गलाई २–० गोल अन्तरले हराउदै मर्स्याङ्दी युथ क्लबले फाईनलको यात्रा तय गरेको थियो, भने टाई बे्रकरमा सत्रसय बीले मार्किचोक युवा क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै फाईनलको यात्रा तय गरेको हो ।

जित सगैं मर्स्याङ्दी युथ क्लबले नगद रु. ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ, भने उपबिजेता सत्रसय बीले नगद रु. २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको आयोजक मार्किचोक युवा क्लबका अध्यक्ष आदम गुरुङ्गले जानकारी दिनुभएको छ । खेल अवधिभर उत्कृष्ट खेल प्रर्दशन गरेका मर्स्याङ्दी युथ क्लबका श्री कृष्ण रानाले उत्कृष्ट खेलाडीको उपाधी जितेका छन् । गत फागनु ७ गते देखि जारी फुटबल प्रतियोगिताको समापन कार्यक्रममा आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिर बहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, लेखाअधिकृत टेकनाथ पराजुली, इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरिक्षक विकास थापा, वडा नं. २ का वडाध्यक्ष कटक बहादुर थापा, वडा सदस्य लगाएतको उपस्थिती रहेको थियो ।