
काठमाडौं : भारतसंगको मैत्रिपूर्ण फुटबल खेलमा नेपाल २– १ गोल अन्तरले पराजित भएको छ। दशरथ रंगशालामा भएको खेलमा भारतले नेपालिवरुद्ध दुई गोल गरेको छ। पहिलो हाफ गोररहित बराबरी रहेकोमा दोस्रो हाफमा भारतले दुई र नेपालले एक गोल गरेको हो।
नेपालविरूद्ध पहिलो गोल भारतका फारूख चौधरीले ६२ औं मिनेटमा गरेका थिए। ७९ औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले गरेको गोलसँगै नेपालविरुद्ध जारी दोस्रो मैत्रीपूर्ण खेलमा भारतले २–० को अग्रता बनायो।
कप्तान सुनिलले काउन्टर अट्याकमा सुन्दर गोल गरे। नेपालले कर्नर पाएको अवस्थामा भारतीय खेलाडीले क्लियर गरेका बलमा उत्कृष्ट गोल बनाएर सुनिलले भारतको अग्रता दोब्बर पारेका थिए। खेलको ८६ औं मिनेटमा नेपालका तेज तामाङले गोल गर्दै खेल २–१ को अवस्थामा पुर्याए।
नेपाल र भारतले आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेका हुन्। यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो।