इच्छाकामना गाउँपालिकाबाट हराएकी ३ बालिका सहित चितवनका ४ जनाको उद्धार
चैत्र १५, चितवन । माइती नेपाल चितवनले पछिल्लो केही दिनयता ४ जनालाई विभिन्न स्थानबाट उद्धार गरेको छ । उद्धार गरिएकामध्ये इच्छाकामना गाउँपालिकाबाट हराएका ३ जना बालिकालाई परिवारको जिम्मा लगाएको छ ।
इच्छाकामना गाउँपालिका ७ की कक्षा ६ मा अध्ययनरत १५ वर्षीया, कक्षा ५ मा अध्ययनरत १२ वर्षीया र कक्षा ७ मा अध्ययनरत १३ वर्षीया बालिका चैत १२ गते हराएका थिए । बिहान पढ्न भनी हिँडेका एउटै विद्यालयमा अध्ययनरत उनीहरु घर नफर्किएपछि परिवारले माइती नेपाल चितवन कार्यालयमा खबर गरेका थिए । चैत १३ ...