कुरिनटार, २४ माघ । चितवनमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । गएराति इच्छाकामना गाउँपालिका ४ कुरिनघाटमा भएको सडक दुर्घटनामा परि एक जनाको मृत्यु गएको हो । मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका ४ लेवाटारका ३८ वर्षिय भिम बहादुर मगर रहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी प्रमुख नबिनराज बुढाथोकीले जानकारी दिनुभयो । गएराती १० बजेतिर काठमाडौ बाट मुग्लिनतर्फ जादै गरेको लु ५ ख ६८५६ नम्बरको बाइकलाई बिपरित दिशा बाट आउदै गरेको बा ३ ख ३२६९ नम्बरको बसले ठक्कर दिदाँ मगरको घटनास्थल मै मृत्यु भएको हो । दुर्घटना पछि दोशिलाइ कारबाही र पिडितलाइ क्षती पुर्तीको माग गर्दै स्थानीयले करिब २ घण्टा सडक अवरुद्ध गरेका थिए । स्थानियसँग दोशिलाइ कारबाही गर्ने र पिडितलाइ उचित क्षती पुर्ती दिने सहमती पश्चात् स्थानियले अवरुद्ध गरेको सडक खुलाइएको थियो। बन्द गरेको सडकमा सवारी चलाउन खोजियको भन्दै प्रदर्शनकारिले एउटा कार समेत तोडफोड गरेको थियो। मृतक को शवलाई पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।