युवा लोकदोहोरी गायक सुजन परियारको ‘मकैसिङ डाडा’ बोलको सालैजो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक सुजन परीयार र मेनुका सोनीको आवाज रहेको गितमा रमेश परीयारको लय तथा शब्द रहेको छ । गोरखा जिल्लाको मकैसिङमा छायांङ्कन गरिएको गीतको म्युजिक भिडियो ‘गोर्खा चौतारी म्युजिक प्रा.लि.’को युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
गायक परियारको जन्मभूमि समेत रहेको मकैसिङ डाडाँको सुन्दरतालाई समेटिएको गितमा गोविन्द बि.सि र बिमला दराइको अभिनय रहेको छ । गितको भिडियोमा नबिन घर्ती मगर को सम्पादन रहेको छ । शम्भु चालिसेको छयाँकन रहेको गितमा चित्र मास्की मगरको निर्देशन रहेको छ ।
हेर्नुहोस् भिडियो