अर्थ

सुनको भाउ ४०० रुपैयाँले घट्यो

सुनको भाउ ४०० रुपैयाँले घट्यो
काठमाडौं :  नेपाली बजारमा आज छापावाल सुनको मूल्य ४०० रुपैयाँले घटेको छ। हिजोको तुलनामा तोलामा ४०० रुपैयाँले घटेर छापावाल सुन आज ८२ हजार ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। यस्तै तेजाबी सुन प्रतितोला ८१ हजार २०० रुपैयाँमा कारोबार किनबेच भइरहेको छ। हिजो ९बुधबार० छापावाल सुनको मुल्यले बजारमा कीर्तिमानी कायम गरेको थियो। अहिलेसम्मकै उच्च अर्थात ८२ हजार ७ सय रुपैयाँ प्रतितोलामा छापावाल सुनको कारोबार भएको थियो। आज गहना बजारमा चाँदीको मूल्य ...

एउटै ट्यांकरबाट २५२ लिटरसम्म तेल चोरी

एउटै ट्यांकरबाट २५२ लिटरसम्म तेल चोरी
काठमाडौं :  इन्डियन आयल कर्पोरेसन ९आइओसी०को बरौनी रिफाइनरीबाट आयल निगमको थानकोट डिपोमा डिजेल बोकेर आएका चार ट्यांकरमा मट्टीतेल मिसावट भएको भेटिएको छ । मट्टीतेल मिसाइएका डिजेलका थप २० ट्यांकर बाटोमै रोकेर राखिएको छ ।थानकोट डिपोमा तेल ओसार्ने करिब दुई सय ट्यांकरको ताल्चा खोल्ने साझा साँचो ९मास्टर की० हराएपछि यति धेरै ट्यांकरमा मिसावटको घटना भेटिएको हो । अहिले तेल मिसावट भएका सबै ट्यांकर हराएको एउटै साँचोले खोल्न मिल्छ ।ट्यांकरचालकले साँचो दुरुपयोग गरी डिजेल लोड भएको ट्यां...

ग्यासको अभाव भएको छैन : सरकार

ग्यासको अभाव भएको छैन : सरकार
काठमाण्डौ    : सरकारले ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको अभाव नहुने भएकाले नआत्तिन आग्रह गरेको छ । कोरोना भाइरसको जोखिम बढेको भन्दै बजारमा ग्यासको माग बढेपछि सरकारले उपभोक्तालाई नआत्तिन र चाहिनेभन्दा धेरै स्टकमा नराख्न आग्रह गरेको हो। ग्यासको आपूर्ति सजिलै भइरहेकाले अभाव नहुने हुँदा आवश्यकताभन्दा धेरै नलिन वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले आग्रह गर्नुभयो । उहाँले बजारमा ग्यासको कृत्रिम अभाव गराउनेलाई कारबाही हुने पनि बताउन...

बैंकमा सुन राख्दा ब्याज पाइने

बैंकमा सुन राख्दा ब्याज पाइने
  काठमाडौं : सुनलाई चल सम्पत्ति बनाउँदै बैंकमा जम्मा गर्न सकिने भएको छ । बैंकमा सुन राख्दा लकर शुल्क तिर्नुपर्ने व्यवस्था रहेकामा अब भने ब्याजसमेत पाइनेछ । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई यो विषयमा परिपत्रसमेत गरिसकेको छ । केन्द्रीय बैंकले बिहीबार निर्देशन जारी गर्दै सुन निक्षेप योजना सुरु गरेको हो । योजनामा सामेल हुन अर्थात् सुन निक्षेप गरी ब्याज प्राप्त गर्न भने २५ ग्राम सुन जम्मा गर्नुपर्ने हुन्छ । साढे दुई तोलाभन्दा बढी जम्मा गरेपछि मात्र बैंकहरूले ब्याज दिनेछन...

अब नेपालमै एल एण्ड टी ब्राण्डका स्वीच तथा स्वीच गियर

अब नेपालमै एल एण्ड टी ब्राण्डका स्वीच तथा स्वीच गियर
काठमाडौं,२१ फागुन । नेपालमै पहिलो पटक क्षमादेवी ग्रुपले एल एण्ड टी ब्राण्डका स्वीच तथा स्वीच गियर भित्र्याएको छ । नेपालका लागि आधिकारिक विक्रेता नियुक्त भएसंगै क्षमादेवी ग्रुपले एल एण्ड टी ब्राण्डका मोडुलर स्वीच र स्वीच गेयरहरु नेपाली बजारमा ल्याएको हो । काठमाण्डौंको सोल्टी क्राउन प्लाजामा सोमबार डिलर मिट कार्यक्रमको आयोजना गरी भारतमा उत्पादन भएको उक्त मोडुलर स्वीच तथा स्वीच गेयर सार्वजनिक गरिएको छ । कार्यक्रममा क्षमादेवी ग्रुपका प्रमुख होमबहादुर बस्नेतले थप बजारको आवश्...

भारतीय लसुन आयात हुन थालेपछि लसुनको मूल्य आधा घट्यो

भारतीय लसुन आयात हुन थालेपछि लसुनको मूल्य आधा घट्यो
काठमाडौँ :  भारतीय लसुनको आयात हुन थालेपछि बजारमा लसुनको मूल्य आधा घटेको छ । चीनमा देखिएको कोरोना भाइरसका कारण चीन–नेपाल सीमानाका बन्द गरिएपछि व्यापारीहरूले लसुनको अभाव भएको भन्दै मूल्य बढाएका थिए । यसरी बढेको मूल्य अहिले भारतीय लसुनका कारण दिनप्रतिदिन घट्दै गएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार पुस अन्तिम साता चिनियाँ लसुनको थोक मूल्य प्रतिकिलो रू। २२० थियो । तर, आयात बन्द भएपछि व्यापारीहरूले आफूसँग भएको लसुन होलसेलमा प्रतिकिलो रू। ७ सयदेख...

विपन्नको उपचारका लागि ५० करोड निकासा

विपन्नको उपचारका लागि  ५० करोड निकासा
काठमाडौँ : सरकारले कडा रोग लागेका बिरामीको उपचारका लागि चालू आर्थिक वर्षको ६ महिनामा ५० करोड अनुदान निकासा गर्ने निर्णय गरेको छ । माघ १९ गते बसेको बिपन्न नागरिक औषधि उपचार व्यवस्थापन समितिको बैठकले २१ हजार ५४५ विपन्न नागरिकहरुलाई औषधि उपचार सेवा दिएवापत सूचीकृत सेवाप्रदायक अस्पातालहरुलाई ५० करोड ८ लाख ४३ हजार दिने निर्णय गरेको हो । समितिको निर्णयअनुसार अघिल्लो निर्णयमा सम्झौता भइसकेका र हाल सम्झौता भएका मेडिकल कलेज , सरकारी अस्पताल र गैरसरकारी अस्पतालहरुलाई शोधभर्ना माग...

नेपालमा सुनको भाउमा नयाँ रेकर्ड, तोलाको ८० हजार नाघ्यो

नेपालमा सुनको भाउमा नयाँ रेकर्ड, तोलाको ८० हजार नाघ्यो
काठमाडौंः नेपाली बजारमा सुनको भाउ तोलाको ८० हजार नाघेको छ। आज तोलामा एकैपटक १५ सय रुपैयाँ बढेर सुन तोलाको ८० हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो। लगातार बढिरहेको सुन हिजो तोलाको ७८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। कोरोना भाइरसको संक्रमणका कारण विश्वव्‍यापीरूपमा व्यापारमा मन्दी आएपछि लगानीकर्ता सुनतर्फ आकर्षित भएका छन्। जसले गर्दा अन्तर्राष्ट्रिय बजारमै सुन महँगो हुँदा नेपालमा पनि सुनको भाउ निरन्तर उकालो लागेको महासंघक...

पेट्रोल–डिजेलको मूल्य घट्यो, ग्यासको मुल्य यथावत

पेट्रोल–डिजेलको मूल्य घट्यो, ग्यासको मुल्य यथावत
काठमाडौ :  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटेको छ । निगमले पेट्रोल , डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २,२ रूपैयाँ घटाएको हो । नयाँ मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । पेट्रोलको अब प्रतिलिटर १०८ रूपैयाँमा पाइने भएको छ। डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ९७ रूपैयाँ तोकिएको छ । ग्यासको मूल्य भने विगतकै यथावत रहेको निगमले जनाएको छ ।

नेपालको बिजुली बङ्गलादेशले किन्ने

नेपालको बिजुली बङ्गलादेशले किन्ने
काठमाडौं :   नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट पाँच सय मेगावाट जलविद्युत् किन्न बङ्गलादेशले प्रवद्र्धक कम्पनीलाई आशयपत्र ९लेटर अफ इन्टेन्ट० प्रदान गरेको छ । प्रवद्र्धक कम्पनी जीएमआर अपर कर्णाली हाइड्रोपावर कम्पनीलाई बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डले पत्राचार गर्दै विद्युत् खरिद सम्झौता गर्न आफू तयार रहेको जनाएको हो । कम्पनीका आयोजना प्रमुख केके शर्माका अनुसार एलओआईसँगै विद्युत् खरिद सम्झौता गर्ने प्रक्रिया अगाडि बढाउन बाटो खुलेको छ ।गत पुसको पहिल...