
काठमाडौ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटेको छ । निगमले पेट्रोल , डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २,२ रूपैयाँ घटाएको हो । नयाँ मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
पेट्रोलको अब प्रतिलिटर १०८ रूपैयाँमा पाइने भएको छ। डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ९७ रूपैयाँ तोकिएको छ । ग्यासको मूल्य भने विगतकै यथावत रहेको निगमले जनाएको छ ।