
काठमाडौं : नेपाली बजारमा आज छापावाल सुनको मूल्य ४०० रुपैयाँले घटेको छ। हिजोको तुलनामा तोलामा ४०० रुपैयाँले घटेर छापावाल सुन आज ८२ हजार ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। यस्तै तेजाबी सुन प्रतितोला ८१ हजार २०० रुपैयाँमा कारोबार किनबेच भइरहेको छ। हिजो ९बुधबार० छापावाल सुनको मुल्यले बजारमा कीर्तिमानी कायम गरेको थियो। अहिलेसम्मकै उच्च अर्थात ८२ हजार ७ सय रुपैयाँ प्रतितोलामा छापावाल सुनको कारोबार भएको थियो। आज गहना बजारमा चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला ८८० रुपैयाँ कायम भएको छ।