पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सातौँ वार्षिक साधारणसभा सम्पन्न
रत्ननगर, २१ पुस । पुर्वी चितवनको रत्ननगर-१५ पिठुवास्थित पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
शनिवार सम्पन्न सातौँ वार्षिक साधारणसभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवदन अनुसार संस्थाले एकवर्षमा झन्डै २ करोड रुपैयाँ आम्दानी गरेको छ।संस्थाले चालू आर्थिक वर्ष २०८०-८१ मा १ करोड ९५ लाख १३ हजार रूपैया आम्दानी गर्न सफल भएको हो ।
विभिन्न १३ शीर्षकमा आम्दानी गरेको सो संस्थाले पानी महसुलबाट मात्र १ करोड २२ लाख ४६ हजार रूपैया आम्दानी ग...