अर्थ

अनधिकृत खरिदबिक्री गरिएको ललिता प्रकरण : बैंकको ३ अर्ब जोखिममा

अनधिकृत खरिदबिक्री गरिएको ललिता प्रकरण :  बैंकको ३ अर्ब जोखिममा
काठमाडौं :  ललिता निवासको जग्गा धितोमा राखेर ऋण लिएका जग्गाधनीसमेतलाई अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले मुद्दा चलाएसँगै बैंकहरुको अर्बौं लगानी जोखिममा परेको छ । अनधिकृत खरिदबिक्री गरिएको ललिता निवासको १ सय १४ रोपनी जग्गामध्ये केही जग्गाधनीहरुले सोही जग्गा धितोमा राखेर अर्बौं ऋण लिएका थिए । जग्गा जफत हुने अवस्था र दोषीलाई कारबाहीको समेत माग गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा चलाएपछि यस्तो जोखिम देखिएको हो । अख्तियार स्रोतका अनुसार बैंकहरुले ललितानिवासमा करिब ३ अर्ब ...

लसुनको भाउ आकाशियो , प्रतिकिलो २०० ले बढ्यो

लसुनको भाउ आकाशियो , प्रतिकिलो २०० ले बढ्यो
काठमाडौँ :  सरकारले नेपाल–चीन सिमाना बन्द गर्दा उत्तरी छिमेकबाट आयात हुने लसुनको आयातमा कमी आउनुका साथै यसको मूल्य पनि आकाशिएको छ । काठमाडौंमा लसुनको मूल्य प्रतिकिलो रू। २०० ले बढेको छ । काठमाडौंको बजारमा पुसको तेस्रो सातासम्म प्रतिकिलो रू। २५० रहेको सुकेको लसुनको औसत मूल्य अहिले बढेर रू। ५५० पुगेको छ । पछिल्लो समय चीनबाट लसुनको आयात घटेको कालिमाटी फलफूल तथा तरकारी विकास समितिले बताएको छ । समितिका अनुसार पुस महीनामा चीनबाट २५० टन चिनियाँ लसुन आयात भएकोमा माघ महीनामा हाल...

ग्यासको मूल्य वृद्धि,प्रतिसिलिन्डर रु एक हजार ३७५ पुग्यो

ग्यासको मूल्य वृद्धि,प्रतिसिलिन्डर रु एक हजार ३७५ पुग्यो
काठमाडौँ :  प्रति सिलिण्डर रु २५ का दरले नेपाल आयल निगमले एलपी ग्यासको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेको भन्दै निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिन्डर रु २५ ले वृद्धि गरेको हो । यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर रु एक हजार ३७५ पुगेको छ । यसैगरी निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर रु १ घटाएको छ । समायोजनसँगै पेट्रोलको मूल्य प्रतिलिटर रु १०९ तथा डिजेल र मट्टितेलको मूल्य प्रतितलिटर रु ९९ कायम ग...

इच्छाकामनाले अवैध कर उठाएको भन्दै व्यावसायि आक्रोशित,कार्वाही गर्छौ- अध्यक्ष

इच्छाकामनाले अवैध  कर उठाएको भन्दै व्यावसायि आक्रोशित,कार्वाही गर्छौ- अध्यक्ष
माघ, १९ कुरिनटार । इच्छाकामना गाउँपालिकाले यहि आर्थिक वर्ष बाट सुरु गरेको स्थानीय उत्पादन बाह्य बिक्री कर संकलनले  अवैध  रुपमा असुली गरिरहेको भनी व्यावसायिहरुले आक्रोश व्यक्त गरेका छन। चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाको निर्णय अनुसार विधिवत प्रक्रिया पश्चात्आ स्ना कंस्ट्रक्सनले गाउँपालिकाको ३ स्थानमा संकलन केन्द्र राखी इच्छाकामना गाउँपालिका भित्र उत्पादित ढुङ्गा,गिट्टी,बालुवा,इट्टा,कटिङ ढुंगा,माटो,फलफुल,तरकारी तथा बन जन्य खएर,काठ,दाउरा,गोलिया,जडिबुटि,भुस,पराल, पिना  ,ह...

व्यापार घाटा सुधारतर्फ

व्यापार घाटा सुधारतर्फ
काठमाण्डौ,१८ माघ । यस चालु आर्थिक वर्षको पहिलो ६ महिनामा व्यापार घाटा सुधारतर्फ गैरहेको देखिएको छ । भन्सार विभागले निकालेको तथ्याङ्क अनुसार साउनदेखि पुस महिनासम्म ६ खर्ब ९४ अर्ब रुपैयाँको सामान आयात भएको छ । यो अघिल्लो आर्थिक वर्षको ६ महिनाको तुलनामा ४ दशमलव ०४ अङ्कले कमी हो । अघिल्लो आर्थिक वर्षको ६ महिनामा ७ खर्ब २३ अर्ब रुपैयाँको सामान आयात भएको थियो । निर्यात व्यापार भने गएको आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा २६ दशमलव १३ प्रतिशतले बढेको छ । साउनदेखि पुससम्म नेपा...

डण्डी र सिमेन्टको मूल्य बढ्यो

डण्डी र सिमेन्टको मूल्य बढ्यो
काठमाडौँ :  पछिल्लो एक महिनामा निर्माणका लागि अति आवश्यक डण्डी र सिमेन्टको भाउ वृद्धि भएको छ । भारत र चीनलगायतबाट आयात हुने कच्चा पदार्थ महँगिएका कारण देखाउँदै व्यापारीले यी वस्तुमध्ये डण्डीमा प्रतिकेजी सातदेखि आठ रुपियाँसम्म र सिमेन्टमा प्रतिबोरा २० देखि ५० रुपियाँसम्म मूल्य वृद्धि गरेको पाइएको छ । प्रायः सबै ब्रान्डका डण्डी र सिमेन्टले यो मूल्य बढाएका छन् । अन्तर्रा्ष्ट्रिय बजारमा फलामे कच्चा पदार्थ बिलेटको मूल्य बढेको भन्दै फलामे डन्डीको मूल्य पनि बढाइएको हो । यसले नेपा...

उखुकिसान ठग्ने व्यापारी पक्राउ गर्न गृह को निर्देशन। नेपाली कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडिया पनि पक्राउको लिस्टमा

उखुकिसान ठग्ने व्यापारी पक्राउ गर्न गृह को निर्देशन। नेपाली कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडिया पनि पक्राउको लिस्टमा
 गृह मन्त्रालयले उखु किसानको बक्यौता रकम नतिर्ने व्यापारीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।   कृषि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्राप्त पत्रका आधारमा गृह मन्त्रालयले आज प्रहरी मुख्यालयलाई निर्देशन दिँदै बक्यौता नतिर्ने व्यापारीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाउन पत्राचार गरेको हो। सोमबार उद्योग र कृषि मन्त्रालयले उखु किसानकाे पैसा नदिने व्यापारीमाथि कारबाहीका लागि गृह मन्त्रालयलाई पत्र पठाएको थ...

सर्वशान्ति मावि स्वर्ण महोत्सव : ३० लाख बढी आर्थिक सहयोग र प्रतिवद्धता सयोगीदाताहरुको (नामावली सहित )

सर्वशान्ति मावि  स्वर्ण महोत्सव :  ३० लाख बढी आर्थिक  सहयोग र प्रतिवद्धता  सयोगीदाताहरुको (नामावली सहित )
कुरिनटार,१२ पुष । सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारका लागि विभिन्न व्यक्तिहरुबाट आज सम्म नगद र प्रतिवद्धता गरि रु. ३० बढी लाख भन्दा बढी सहयोग प्राप्तभएको छ । पुष १३ गते देखि १९ गते सम्म मनाउन गइरहेको स्वर्ण महोत्सवको अवसर पारेर विद्यालयको शिक्षा सुधारमा सहयोग पु¥याउने उदेश्यले विद्यालयको भौतिक संरचना निर्माणका लागि आर्थिक सहयोग संकलन गरिएको हो । महोत्सवको पूर्वप्रधानमन्त्री एंव नेपाल कम्यूनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेक...

मनोमानी ब्याज उठाउँदै सहकारी, अझै गरेनन् सन्दर्भ ब्याजदर लागू

मनोमानी ब्याज उठाउँदै सहकारी, अझै गरेनन् सन्दर्भ ब्याजदर लागू
काठमाडौँ :  सहकारी विभागले सन्दर्भ ब्याजदर शतप्रतिशत लागू भएको जनाए पनि सहकारीहरूले भने आफूखुसी ब्याज लिँदै आएका छन् । मनोमानी ब्याज उठाउन थालेपछि विभागले सहकारीहरूलाई गत साउन १९ गतेदेखि सन्दर्भ ब्याजदर लागू गरेको थियो । १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाइने गरी तोकिए पनि कार्यान्वयन भएको छैन ।विभागले भने पूर्ण कार्यान्वयन भएको जनाएको छ । विभागका रजिस्ट्रार डा। टोकराज पाण्डेले भने, सन्दर्भ ब्याजदर शतप्रतिशत लागू भएको छ सहकारीहरूले १६ प्रतिशतभन्दा बढी ब्याजदर लिएको छ भने विभ...

यूएई र कतारमा पनि नेपालको तरकारी

यूएई र कतारमा पनि नेपालको तरकारी
संयुक्त अरब इमिरेट्स (यूएई) र कतारमा नेपालबाट भ्रम मात्र होइन, तरकारी निर्यात पनि हुन थालेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ । यूएई र कतारमा नेपाली श्रमिकलाई मात्र होइन, नेपाली तरकारीलाई पनि रुचाइन थालिएको छ । नेपालको एक कम्पनीले यहाँ उत्पादित गुन्द्रुकदेखि हरियो तरकारी ती देशसम्म पठाउँदै आएको छ । महँगी र अभावका कारण मागअनुसार पठाउन नसकिए पनि हप्तामा दुईपटक छ वा सात मेट्रिक टन तरकारी पठाउने गरेको अलसमन इन्टरनेसनल नेपालका निर्देशक कल्याण घिमिरेले बताए ।