भोलि २५ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनका लागि पत्रकारहरुमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । पत्रकार महासंघको विधान शंशोधन भएसंँगै यो बर्ष केन्द्रदेखि जिल्लातहसम्म प्रत्यक्ष निर्वाचनमा उमेद्वारहरु होमिदै छन । देशको पछिल्लो राजनीतिक अवस्थाका कारण पत्रकारको पनि छुट्टाछुट्टै गठबन्धन बनेका छन । हाल केन्द्रदेखि जिल्ला तहसम्म कांग्रेस नजिकको प्रेस युनियनलाई माओवादी नजिकको प्रेस संगठन र एमालेको नेपाल समुह नजिकको प्रेस चौतारीले साथ दिएका छन भने यसको नेतृत्व नेपाल प्रेस युनियन गरेको छ । यसैगरी एमालेको केपि समूह नजिकको प्रेस चौतारीलाई पनि राप्रपा नजिकको मिडिया नेपाल लगायत केही गठबन्धनले साथ दिएका छन । देशभर चुनावी माओल तातेको छ । केन्द्रमा यसअघिनै उम्मेदवारको टुंगो लागेको छ भने, प्रदेश परिषद र केन्द्रीय परिषद र जिल्लाका समितहरुको सोमबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ ।
महासंघ चुनावले देशभर चुनावी सरगर्मी बढेसंँगै चितवनमा भने यो बर्ष फरक गठबन्धन बने सङै सजिलै फरक अनुमान लगाउन सकिन्छ । त्यसो त अदालतले माओबादी र एमालेलाई नेपाल कम्युनिष्ट पार्टी(नेकपा) खारेज गर्दिए पछि यसको तरंग सबै जिल्लामा परेको हो । चितवनको सन्दर्भमा भने फरक माहोल र परिस्थितिको सामाना गर्नुपरेको दृश्य छ । नेपाल प्रेस युनियनको नेतृत्वमा अध्यक्षको उम्मेदवारमा नेपाल प्रेस युनियन चितवनका निवर्तमान अध्यक्ष तथा पत्रकार महासंघ चितवनका उपाध्यक्ष नारायण अधिकारी रहेका छन । अधिकारीलाई यस पटक ठुलो अवसर रहेको छ र हुनत अधिकारी आफै शक्तिशाली नेतृत्व हुन् । सबैसंँग घुलमिल हुनसक्ने, र अन्य संगठनका सदस्यसँग पनि राम्रो छापपार्ने क्षमता भएका अधिकारी सबल र सक्षम नेतृत्व मानिन्छन । यसको अलवा उनी अन्य संगठन र पत्रकारका लोकप्रिय उमेद्वारको रुपमा परिचित छन । उनको व्यत्तित्वका कारण पनि उनि लोकप्रियताको मत खाने उम्मेद्बारको रुपमा रहेका छन । फरक परिस्थिति र गठबन्धनका कारण उनको प्यानल र प्रेस युनियनको लागि चितवनको इतिहासमा २४ बर्षपछि महासंघको विरासत प्रेस चौतारी बाट छिन्ने अवसर र जिम्मेवारी समेत मिलेको छ ।
यस्तै चौतारीका तर्फबाट अध्यक्षका अर्का उम्मेदवार तिलकराम रिमाल छन । पत्रकारिता क्षेत्रमा उनी दुईदशक भन्दा बढी समय देखि काम गर्दै आएका पत्रकार हुन प्रेस चौतारिको २४ बर्षको बिरासत जोगाउने जिम्मेवारी पाएका रिमाल नया गठबन्धनका कारण अधिकारीको तुलनामा कमजोर देखिएपनि चितवनको हकमा ओली गुटको पत्रकारको संख्या अन्य संगठनको तुलनामा बढी छ । संख्या बढी भएका कारण रिमालले जित्ने आशा गर्नु स्वभाविक हो । अधिकारी प्यानल गठबन्धनको अंकगणितिय हिसाबमा अत्यधिक मत रहेकाकारण रिमालल प्यानलले अन्य संगठनका मतदाता कत्तिको तान्न सकेका छन त्यो भने चुनाव पछिनै थाहा हुने छ । पहिलेको चुनावमा जस्तै यस बर्षपनि चितवनमा स्वतन्त्र प्यानलले पनि आफ्नो अध्यक्षमा उम्मेदवारी दिएको छ । स्वतन्त्र प्यानलबाट यसअघि पनि सूर्यप्रकाश कडेलले उम्मेदवारी दिएका थिए । अहिले पनि उनले अध्यक्षमा उम्मेदवारी दिएका छन । सधै पराजय भोग्दै आएका कंडेलको प्रभाव र संगठननै सानो भएका कारण पुन पराजय हुने निश्चित छ । उनको उमेदवारी अरुको मत काट्नु र आफ्नो संगठनको अस्तित्व जोगाउनम सिमित देखिन्छ । यस्तै उपाध्यक्ष पदका लागि पनि खुल्लामा स्वतन्त्र सहित तीनवटै संगठनको तीनजनाको उमेदवारी परेको छ । युनियन नेतृत्वको गठबन्धनबाट प्रेस संगठन चितवन संयोजक प्रकाश ज्ञवाली र चौतारीको तर्फबाट रामकान्त पौडेल छन । ज्ञवाली झण्डै दुईदशक देखि चितवनको पत्रकारिताका साथै नेतृत्व क्षमता भएका व्यक्तिमा पर्दछन ।उनमा संगठन चलाउने देखि राजनीति र रणनीतिमा निकै राम्रो दख्खल भएका व्यक्ति हुन् । यस्तै रामकान्त पौडेल पनि रेडियो पत्रकारिता क्षेत्रमा निकै माहिर छन भने पत्रकार साथीहरुभित्रपनि निकै घुलमिल हुनसक्ने व्यक्ति हुन् । पूर्वी चितवनका पत्रकारहरुको पनि उनलाई सहयोग र साथ हुने अनुमान गर्न सकिन्छ । तर नेतृत्व क्षमता र परिपक्वका हिसावले ज्ञवालीको मत पनि त्यति कम छैन । यस्तै उपाध्यक्ष पदमा स्वतन्त्र पदमा विनोदबाबु रिजाल छन । बौद्धिक र क्षमतावान पत्रकार भएपनि पछिल्ला बर्षहरुमा उनी पत्रिकारितामा त्यति सक्रिय छैनन । र उनको पनि प्रभाव र संगठन सानो भएका कारणपनि जित्ने आधार देखिदैन ।
यस्तै महिला उपाध्यक्षमा पनि दुबै गठबन्धनबाट दुईजनाको उम्मेदवारी परेको छ । युनियन बाट प्रमिता ढकाल रहेकी छिन भने चौतारीको तर्फबाट शान्ता अधिकारी बी रहेकी छिन । अधिकारी एक दशकभन्दा बढी पत्रकारितामा भिजेकी र सक्रिय रहेकी उनी चतुर उमेद्वार मानिन्छिन । सरसर्ती हेर्दा यी दुईबीचको चर्को प्रतिस्प्रर्धा देखिन्छ ।
यस बर्ष चितवन महासंघकको सचिवको लागि दुई जनाको उम्मेद्बारी परेको छ। युनियन र प्रेस संगठन गठबन्धन पक्षबाट युनियनकै जिल्ला अध्यक्ष अनिल ढकालको उमेदवारी परेको छ । भने चौतारी पक्षबाट त्यतिकै दिपेन्द्र अधिकारीको उमेद्वारी छ । ढकालको मुख्य पेशानै पत्रकारिता हो । उनी पार्टी र संगठनमा निष्ठावान, खरो र स्पष्ट वक्ता हुन् । त्यसोत अधिकारीको पनि मुख्य पेशा पत्रकारिता नभएपनि उनी आमसञ्चार विषयका सहप्राध्यापक , इन्सेक जिल्ला प्रतिनिधि र राष्ट्रिय र स्थानीय पत्रकारितामा उत्तिकै सक्रिय छन । साथै उनी बौद्धिक क्षमता, दुरदर्शी व्यत्तित्व पनि मानिन्छ उनले पढाएका करीब दुईदर्जन विद्यार्थी पत्रकार भएकोले लोकप्रियताको भोटको अपेक्षा गर्न सकिन्छ तर कस्ले बाजी मार्ला त्यो सहजै अनुमान लगाउन सकिदैन ।
यस्तै सहसिचव पद खुल्लामा युनियन नेतृत्वको गठबन्धनबाट एमाले माधव पक्ष नजिकका प्रेस चौतारीका टीका दत्त तिमिल्सिना रहेका छन भने चौतारी नेतृत्वको गठबन्धनबाट आनन्द पोख्रेल रेहका छन । तिमिल्सििना लामोसमय देखि पत्रकारिता गरेका शालीन , परिपक्व भएपनि उनको मुख्य पेशा भने पत्रकारिता होइन त्यस्तै पोख्रेल चौतारी गठबन्धनका क्रियाशील पत्रकार साथै र उनको मुख्य पेशा पत्रकारितानै भएको र क्रियाशील पत्रकारसँगै घुलमिल भएकोले उनको पनि सम्भावना देखिन्छ । खरो स्वभाव र स्पष्ट विचारका कारण उनले मतदातालाई कसरी प्रभाव पार्न सक्छन त्यो हेर्न बाकी नै छ। केपि सर्मा ओलिले गरेको संसद बिघटनलाई सहि भनेर खुलेर सामाजिक संजालमा ओलिको पक्षमा जयजयकार गरेको र बिरोध गर्ने पत्रकार लाइ चिडाएको कारण उनलाइ पत्रकारले कसरि हेरेका छन त्यो पनि हेर्न बाकी नै छ।
सहसचिव अर्का खुल्ला पदका लागि स्वतन्त्र उमेद्वारका प्रेस युनियन छाडेका राजु सापकोटाको उम्मेद्बारी परेको छ । प्रभाव र संगठननै सानो भएका कारण उनले यो पदमा विजय पाउने कुनै आधार देखिदैन भलै उनी स्थानीय सञ्चारमाध्यममा लोकप्रिय सञ्चारकर्मी भएकोले सहसचिवको दुई प्रतिस्पर्धीको मत काटिने देखिन्छ । यस्तै समावेशी तर्फ उर्गेन तामाङ्ग र दलित संगठनका नेता अमिर रामदामको उमेद्वारी परेको छ । उर्गेन तामाङ्गको स्थायी बसोबास चितवन नभएपनि रेडियो सञ्चारमाध्यम र पछिल्लो समय युट्युव टेलिभिजनमार्फत क्रियाशील छन भने उनको मुख्य पेशा सञ्चारकर्मनै हो । पत्रकारसाथीहरुको घुलमिलका कारण उनको मतपनि उत्तिकै आउने देखिन्छ । यस्तै रामदामको मुख्य पेशा पत्रकारिता होइन भलै उनी आंशिक रुपमा पत्रकारिता गरिरहेका छन र दलित समुदाय भएका कारण शालीन स्वभावका कारण मतदाता लाई सजिलै प्रभाव पार्ने व्यत्तित्व मध्ये पर्दछन ।
कोषाध्यक्ष पदपनि पदाधिकारी मध्येको महत्वपूर्ण पदनै हो यसका लागि युनियन गठबन्धन र चौतारी गठबन्धन र स्वतन्त्रका गरी तीनबीच उमेदवारी छ । युनियन नेतृत्वका तर्फबाट प्रेस सेन्टरका राजेन्द्र आचार्य छन भने चौतारीका तर्फबाट गोविन्द घिमिरे छन । यी दुबै बचिपनि चर्को प्रतिस्पर्धा देखिन्छ । आचार्य विगत एक दशकभन्दा बढी पत्रकारिता सक्रिय व्यक्ति हुन् भने, घिमिरे पत्रकारिता क्षेत्रमा केही बर्षदेखि कम सक्रिय व्यक्ति हुन् ।आचार्यलाई पूर्वी चितवनका पत्रकारको पूर्ण साथ भएमा उनको सानदार विजयको संभावना उत्तिकै छ ।आचार्यको लोकप्रियता, चातुर्यता र घिमिरेको कुटिलता बीच कसले बाजी मार्ला त्यो पनि हेर्न बांकी छ । यता कोषाध्यक्ष पदमा राजेश घिमिरेको पनि उमेद्वारी छ । उनको पहिले चर्चा चुलिएपनि पछिल्लो समय स्वतन्त्र उमेद्वारकै कारण विजय भन्दा पनि पराजय नजिक भएको देखिन्छ । शालीन , भद्र व्यत्तित्व भएपनि संगठनका मतदाता संख्या कम भएका कारण जीत हुने आधार त छैन । तर उनको स्वभाव र क्रियाशीलताका कारण मध्यमार्गी मत केही थप हुने देखिन्छ । उनको संगठनको साख जोगाउन मात्र उनी चुनावमा होमिएको देखिन्छ ।
तर कार्यसमिति सदस्यता पदमा दुबै गठबन्धन आफ्नो प्यानल जिताउन कटिबद्ध भएपनि मिश्रित परिणाम आउने देखिन्छ । कतिपय नयाँ पत्रकार र कतिपय निस्क्रिय पत्रकार भएका कारण परिणाम कस्तो आउंँछ भन्न सकिदैन । यतिमात्र भन्न सकिन्छ क्रियाशील पत्रकारको सदस्य पदमा जीतको सम्भावना बढी छ । कतिपय साधारण सदस्यले नयांँ पत्रकार नचिन्ने र पुराना पत्रकारलाई नयांँ पत्रकारले नचिन्ने भएकाले गठबन्धनबाट आउने मत परिणामले भन्दा अन्य मध्यमार्गी सदस्य उमेदवारको मतले सदस्यका पदका उमेदवारको छनौट हुन सक्नेछ ।
कार्यसमिति सदस्यतर्फ महिला सदस्यमा रविना पौडेल र शोभा पुडासैनी, दलित सदस्यमा एलिना पोखरेल (प्रिति) र सरोज उपरकोटी, आदिवासी जनजाति सदस्यमा तुलमान गुरुङ् र सञ्जय चौधरीको उम्मेदवारी परेको छ । खुला सदस्यमा १६ जनाको उम्मेदवारी परेको छ । खुला सदस्यमा अनिल भट्टराई, किशोर खनाल, तिलक पौडेल, बद्रिप्रसाद अर्याल, बबिलाल तामाङ, बसन्त शर्मा ढुङ्गाना, मुकुन्द भुषाल, रामु आचार्य, रोहिणिप्रसाद त्रिपाठी, विकास पौडेल, विप्लव काफ्ले, विवेक पोख्रेल, समिक्षा पुरी, सरिता पौडेल, हेमराज रिमाल र ज्ञानेन्द्र तामाङको उम्मेदवारी परेको छ ।
सोमबार दुई जना उम्मेदवार निर्विरोध चयन भएका छन् । मधेशी सदस्यमा सरिता महत्तो साह (अपेक्षा) र अन्य समावेशीमा भुपराज पाठक चयन भएका हुन्। तीन जना अध्यक्षसहित निर्वाचनका लागि ८३ जनाको उम्मेदवारी कायम भएको छ । निर्वाचनका लागि आइतबार ८८ जनाको उम्मेदवारी परेको थियो । पांँचजनाले उम्मेदवारी फिर्ता लिएका छन ।
सह–सचिवका उम्मेदवार प्रस्ताव सुवेदी, मधेसी सदस्यबाट ज्योती महत्तो, खुल्ला सदस्यमा स्वतन्त्ररुपमा उम्मेदवारी दिएका सुवास लामिछाने, खुल्ला सदस्यमा स्वतन्त्ररुपमा उम्मेदवारी दिएका सनिलकुमार श्रेष्ठ र खुल्ला सदस्यमा स्वतन्त्ररुपमा उम्मेदवारी दिएका हरि पौडेलले उम्मेदवारी फिर्ता लिएका हुन् । ( सामाग्री सहयोग: विभिन्न अन्ल्लाईन संचार माध्यम र सामाजिक संजाल)