रत्नमानको उमेर निकै धेरै नभए पनि पचास काटेको देखिन्थ्यो। साथीभाइहरुले बेला बेलामा सर सल्लाह दिन्थे ” हेर रत्नमान दिनहुँ दारी काटनु , रेस्टुरेन्टमा एक दुईजना ठिटी लिएर हिड्नु के वुढो देखिएको यार त त,” रत्नमान घरी घरी ऎना हेरेर कहिले काही त साथीभाइले ठिकै भने झै ठान्थ्यो।
नागरिकताको जन्म मितिले पनि उसलाई रत्नमान त अझै युवा छस भनिरहेको थियो जस्तो भान हुन्थो । अरु त अरु अस्ति हस्पीटलमा नर्सहरुले पनि “बा ” भनेर बोल्याएको भनेर उसले चित्त दु:खाइ गरेको थियो ।कमसेकम अंकल सम्म भनी दिएको हुन्न्यो भन्ने उसको भनाई थियो ।
रत्नमान संग मैले निकै संगत गरेको हुनाले उसको मनोविज्ञानलाई राम्रो संग बुझेको थिए । उ म भन्दा जेठो भएपनि म र उसको अन्य साथीहरु उसलाई भाइ भनेर बोलाउदा उ असाध्यै खुसी हुन्थो । सायद रत्नमानले साथीहरुको कुरा सुनेछ क्यारअलि अलि फूलेको कपाललाई पनि रङ्ग भरेर पुर्णतः कालो बनायो अनि अनुहारमा विभिन्न क्रिम लगाएर उसमा परिवर्तन ल्याएको थियो । यो गेटअपमा उ दस वर्ष कम भएको जस्तो महशुल गर्दै थियो ।
कालो चस्मामा उ गाडीमा सहरको सयर गर्दै थियो । गाडीको मध्येभागमा बस्दै उ कुनै सुन्दरी युबतीको प्रतीक्षामा जस्तै थियो । नभन्दै एक नबयौबना उसैको छेउमा आएर बसिदिइन, झन उ भित्र उकुसमुकुस बन्दै गयो ।उ कल्पनामा लिप्त बन्यो, कल्पनाको राजकुमारी भेटीएकोमा खुशी थियो । साथीहरू प्रति मनमनै आभारी बन्यो।
सडक बीचको एउटा ठुलो अबरोधले कल्पनालाई छेदबिछेद बनाइ दियो उसको गाडी स्टेशनमा गएर रोकियो।। युवती उठि र भनी” बा आज त निकै हेन्ड सम बन्नु भएछ, बाइ( हात हल्लाउँदै ) बाइ” भन्दै उ बाटो लागेकी थिइ तर रत्नमान भने ड्राइभर नजिकैको ऐना हेर्दै चारै कुनामा आफ्नो जवानी खोजीरहेको थियो ।