“तिम्रा बाआमाले हैरान पारि सके, म त माइत जान्छु,तिम्रा बाआमा आफै स्याहारेर बस,म त यो घरको नोकर जस्तै भई सकेँ !” एकाविहानै आफ्नी श्रीमतीकाे तीखो बचनले
उदय झस्किन्छ ।”हेर बुढी ! सबै बुढाबुढीको अवस्था यस्तै त हो । “ऊ आफ्नी श्रीमतीलाई सम्झाउन खोज्दछ।”मैले भनेकै थिएँ नि, बाआमाको जिउनी राख्नु पर्छ, जिउनी राख्ने कुरा तिमीले टेर लगाएनौ क्यारे ! उसबेला तिम्रा दाइहरूले- हेर् बाबु “बाआमा पाल्ने भनेको त महान् पुण्य काम हो मलाई बाआमा स्याहार्ने असाध्यै रहर छ तर के गर्ने आमाबा नै मसँग बस्न मान्दैनन् भन्दा मख्ख पर्यौ ।” उनको लामो प्रवचनले मभित्र भित्रै गुम्सिरहेको थिएँ । बाआमाको मनोविज्ञानलाई राम्ररी बुझेका दाइहरूले जिउनीको जग्गा राख्ने र शेखपछि भाग बाँडेर लिने कुरामा उसले पनि स्विकृति जनाएको थियो । खै अचेल कोही दाजुभाइहरू देखा पर्दैनन् त ।
उसकी श्रीमती भन्दै थिई,” यसो गर बुढा ; तिमी यी बुढाबुढीलाई थाहै नदिई एक दुई महिनाको लागि बाहिर निस्क ; त्यसै बिचमा म पनि माइत हिँडौँला त्यसपछि केही दिनपछि बुढाबुढी यो घरमा बस्न सक्दैनन् त्यसपछि अन्य छोराहरू कहाँ गएर बस्छन् ।” श्रीमतीको सल्लाह अनुसार उदय घरबाट निस्कने तयारी गर्यो । माथि तलाबाट बुढा बाले सबै कुरा सुनेका थिए । बुढा बाले बाेलाउँदै “कान्छा ! यता आइज त बाबु ,बाबुको कुरो टार्न नसकी माथि चोटामा उक्लिन्छ, अाँखाभरि आँसु लिँदै कान्छा मैले सबै सुनेँ ; तँ छ महिना हुँदा निकै थला परिस्, तेरी आमाले तँ मर्छस् भनी कति दिन नखाई बसी, बल्लतल्ल तँ बाँचिस् बाबु
थाहा छ तँलाई दुःख छ, तँ जान लागेको छस् ,तँ आउँदा हामी त मृत्युकाे काखमा पुगी सक्छौँ होला । तेरी आमाले
राखिदिएको यो झोलामा सुन छ त्यो पनि लैजा तँलाई काम लाग्ला ! मैले जागिर छोड्दा तँ सानै थिइस् । हाकिमले दिएको इनाम र तलब शेखापछि तेरो नाममा हुने गरी लेखिदिएका थियाैँ; त्याे चिर्कटाे पनि लान नभुलेस् ,हामी जिउँदै हुँदा तेरो हातमा राखि दिन पाए प्राण सजिलै जान्थ्यो कि बाबु” बाको कुरा सुन्दै जाँदा उदयको आँखाभरि आँसुका धारा छुटेका थिए ।
“भो बा ! म जान्न – भो बा ! म जान्न ! हामी अन्जानलाई माफ गरिदिनु होला !”बाबुको हात समात्दै भित्र पस्याे । बार्दलीको छेउमै उभिइरहेकी उसकी श्रीमतीमा भने पश्चातापको भाव छल्किरहेको थियो !
दुर्गा घिमिरे ,रत्ननगर -१४ चितवन ९८४५०९२२३२