काठमाडौं  : कांग्रेसका राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले प्रधानमन्त्रीविरुद्ध गम्भीर प्रश्न उठाएका छन्। राष्ट्रियसभाको हिउँदे अधिवेशनको दोस्रो बैठकमा बोल्दै रायमाझीले प्रधानमन्त्रीले संविधान पढ्न नजानेको भन्दै मानसिक सन्तुलन गुमेको भन्न मिल्ने कि नमिल्ने प्रश्न उठाएका हुन्।

‘एउटा प्रधानमन्त्री हुनको लागि योग्यता चाहिन्छ। पहिलो प्रतिनिधिसभाको सदस्य चाहिन्छ, दोस्रो बहुमत सदस्यको समर्थन हुनुपर्छ तेस्रो मानसिक सन्तुलन ठिक हुनुपर्छ’ उनले भने, ‘उहाँलाई अहिले प्रधानमन्त्री भन्ने कि नभन्नेरु उहाँ आफैँ अहिले प्रतिनिधिसभाको सदस्य हुनुहुन्न। असंवैधानिक काम गर्ने मान्छे यो मुलुकको प्रधानमन्त्री हुन पाउँछ कि पाउँदैनरु मानसिक सन्तुलन गुमेको भन्न मिल्छ कि मिल्दैनरु’ उनले प्रधानमन्त्री ओलीले संविधान नपढेको आरोप लगाउँदै राष्ट्रियसभाका अध्यक्षमार्फत संविधान बुझाउने पनि बताए।

‘हाम्रो प्रधानमन्त्रीले संविधान पढ्न जान्नुभएन भने अंग्रेजीमा पनि लेखिएको छ। गुगलमा छ। त्यो उहाँका सल्लाहकारहरूले जान्नुहोला,’ उनले भने।
उनले राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को अध्यक्ष होरु भन्दै प्रश्न गरे। राष्ट्रपतिका कारण महिलाहरू अक्षम हुन् कि भन्ने प्रश्न उठेको पनि रायमाझी बताउँछन्।

उनले संसद् विघटन गरेर निर्वाचनमा हारेका मान्छेलाई मन्त्री बनाएको भन्दै प्रधानमन्त्रीप्रति आक्रोश पोखे। ‘