
काठमाडौं : विभाजन्मुख सत्तारुढ नेकपाको बागमती प्रदेशमा संसदीय दलले नयाँ नेता पाएको छ । आज बसेको प्रचण्डमाधव पक्षको संसदीय दलको बैठकले अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरेको छ ।
आज काठमाडौंमा बसेको बैठकले प्रस्तावित मुख्यमन्त्री शाक्यलाई दलको नेता बनाएको हो । यसअघि, प्रचण्डमाधव पक्षले मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गरेको छ ।
आफूमाथि अविश्वासको प्रस्ताव परेलगत्तै मुख्यमन्त्री पौडेलले संसदीय दलका उपनेता शालिकराम जम्कट्टेल र सचेतक बुद्धिमान माझीलाई बर्खास्त गरेका थिए ।