काठमाडौं  : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अडानका साथ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टै भेला आयोजना गरेको छ। पार्टी सभापति देउवा प्रधानमन्त्री ओलीको पछिल्लो कदमविरुद्ध आन्दोलनमा जान अनिच्छुक भएपछि थप दबाब दिन पौडेल पक्षले अनामनगरमा छुट्टै भेला आयोजना गरेका हो।

गत मंगलबारदेखि जारी केन्द्रीय समितिको बैठकमा संसद् विघटनको विरुद्धमा उत्रिने कि निर्वाचनमा जाने भन्ने विषयले कांग्रेसभित्र किचलो सुरु भएको छ। यही विषयलाई लिएर हिजो बुधबारको बैठकमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भनाभन नै चलेको थियो।

अनामनगरमा जारी भेलामा वरिष्ठ नेता पौडेल, पार्टीका महामन्त्री डा।शशांक कोइराला, पूर्व(महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू डा।शेखर कोइराला, महेश आचार्य, सदस्य गगनकुमार थापा, गुरुराज घिमिरेलगायत नेता रहेको बताइएको छ।

उक्त भेलाले आजको केन्द्रीय समितिको बैठकबाट संसद् विघटनको विरुद्ध आन्दोलनमा जाने निर्णय कसरी गर्ने भन्ने विषयमा टुंगो लगाउने र नेतृत्वलाई दबाब दिने बताइएको छ।