
कुुरिनटार : चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि भोली बिहिबारदेखि सत्ता गठबन्धनले एकिकृत घरदैलो कार्यक्रम सुरु गर्ने भएको छ । आज बसेको गठबन्धनको संयुक्त बैठकले अध्यक्ष र उपाध्यक्षका उम्मेद्वारसहित भोलीदेखि एकिकृत घरदैलो कार्यक्रम सुरु गर्ने भएको हो ।
बैठकले चुनावी अभियानका लागि विभिन्न समितिहरु समेत गठन गरेका छन् ।
गठबन्धनको निर्णय अनुसार भोली वडा नम्बर ३ फिस्लिङबाट एकिकृत घरदैलो कार्यक्रम सुरु गर्ने छन् ।
चुनावी अभियान हुने वडा र मिति
वडा नम्बर १ : – बैशाख २० गते
वडा नम्बर २ः– १८ र १९ गते
वडा नम्बर ३ :– १५ र २२ गते
वडा नम्बर ४ :– १६ र २४ गते
वडा नम्बर ५ :– २३ गते
वडा नम्बर ६ :– २५ र २६ गते
वडा नम्बर ७ :– १७ र २१ ग्ते
साथै गठबन्धनले २७ गते संयुक्तरुपमा राजमार्ग केन्द्रित शक्ति प्रदर्शन गर्ने निर्णय गरेको छ ।
इच्छाकामनामा कांग्रेस ,माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबीच चुनावी तालमेल भएको छ । अध्यक्षमा कांग्रेसका गीता कुमारी गुरुङ र उपाध्यक्षमा प्रताप गुरुङको उम्मेद्वारी रहेको छ ।