धादिङ : चाडवाड नजिकिएसगैँ जिल्ला अनुगमन समिति धादिङले जिल्लाभित्र बजार अनुगमनलाई तीब्रता दिएको छ । विशेष गरि अहिले चाडपर्वलाई लक्षित गरि अनुगमन समितिले जिल्लाका मुख्य बजारहरूमा अनुगमनलाई तीब्रता दिएको हो ।

गजुरी र बेनिघाट रोराङ गाउँपालिकाको पसलहरूको अनुगमन गर्दा तिन वटा पसललाई कारबाही गरेको छ । धादिङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद कोइरालाको संयोजकत्वमा गरिएको बजार अनुगमनका क्रममा गजुरी–२ मलेखु स्थित प्रसुनि किराना पसलमा बिल बिजक प्रयोग नगरेको, म्याद नाघेका सामग्री, प्रशस्त भेटिएकोले नगद रू दश हजार जरिवाना गरिएको छ ।

यस्तै रावल सप्लायर्सले साइनबोर्ड तथा मूल्यसूचि नराखेको, अनुमति नभएको सामग्री व्यापार गरेको,यस अघिको निर्देशन पालना नगरेकाले नगद बिस हजार जरिवाना र दनै सप्लायर्सले यस अघिको निर्देशन पालना नगरेको,अनुमति नभएका सामग्रीको व्यापार गरेकोले नगद पाँच हजार जरिवाना गरिएको घरेलु कार्यालय धादिङले जनाएको छ ।

कार्यालयका अ जुसार अनुगमनका क्रममा १० हजार बढिको म्याद नाघेका सामग्रीहरू जफत गरेका छन् ।