चितवन: भरतपुर महानगरपालिका वडा नं १२ बस्ने चितवनका गुण्डा नाइके ‘कान’ भनेर चिनिने अनिल परियार धरौटीमा रिहा भएका छन । विभिन्न अपराधिक क्रियाकलापको मुद्दा खेपीरहेका उनी धरौटीमा रिहाइ भएका हुन ।
स्वर्गीय शिव पौडेलको समुहमा रहेर विभिन्न अपराधिक क्रियाकलाप गर्दै आएका पछिल्लो समय सुध्रीएर व्यवसाय गर्दै आएपनि राजनीतिक चलखेल गरी फसाउन खोजीएको बताइएको छ । अहिले केही सकरात्मक बाटोतिर लागि रहेको क्रममा पनि उनिमाथि पुनस्अनेकौं फसाउने षड्यन्त्र भइरहेको बताइएको छ।
अहिले उनी आफ्नै व्यवसायमा लागिसकेका छन तर पनि पटक पटक राजनैतिक झेलबाट दुख दिने काम भने भइरहेको उहाँले बताउनुभएको छ।
हामीले उहाँको छरछिमेक सँग बुझ्दा हिजोको रूपमा उक्त व्यक्ति विभिन्न चर्चित ठुला घटना तथा चितवन काण्डमा मुछिएको र अहिले आएर आफ्नै व्यवसाय सञ्चालन समेत गरी सबैको सहयोगमा जुट्ने गरेको बुझिएको छ । सामाजिक कार्यमा पनि लागेको छरछिमेकिले हामीलाइ जानकारी दिका छन।
उहाँसँग सम्पर्क गर्दा चितवन जिल्लाको विभिन्न चर्चित व्यापारीहरु सँग धम्की दिई फिरौती उठाउने गरेको आरोप झुठो रहेको उनले बताएका छन । अहिलेसम्म लागेको विभिन्न ठुला घटनाहरू मध्ये ज्यानमुद्दा लगायतको मुद्दामा निर्दोष सावित भइ सफाइ समेत पाइएको उनले जानकारी दिएका छन ।