
मुग्लिन : नेपाली कांग्रेस इच्छाकामना ५ को वडा सभापतिमा राजेन्द्र त्रिपाठी चयन भएका छन् । महादेवस्थान मुग्लिनमा बुधबार सम्पन्न भेलाले त्रिपाठीको सभापतित्वमा २३ सदस्यीय समिति चयन गरिएको हो ।
भेलाले उपसभापतिमा चित्र बहादुर गुरुङ र मिश्रीमाया परियार तथा सचिवमा जीत बहादुर थापा मगर र राधिका तामाङलाई चयन गरिएको छ ।
भेलामा नेपाली कांग्रेस महासमिति सदस्य गीता कुमारी गुरुङ, जिल्ला सदस्य विष्णु कुँवर लगायतको उपस्थिति रहेका थिए ।
उक्त भेला नेपाली कांग्रेस इच्छाकामनाका सभापति कृतिकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो ।