उद्योग वाणिज्य संघ चितवनको नयाँ नेतृत्वका लागि आज भइरहेको मतदान साँझ ५ बजे सकिएको छ ।
उद्योग वाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत निल केसीले दिएको जानकारी अनुसार जम्मा मतदाता तीन हजार ७४८ रहेकोमा तीन हजार १४१ जना मतदाताले मतदान गरेका छन् । जम्मा ८३ प्रतिशत मतदान भएको देखिन्छ । विद्युतिय मेसिनमार्फत् मतदान भएकोले मतगणनाको परिणाम आजै डेढ घण्टाभित्र आइसक्छ ।