कुरिनटार,१२ माघ । चितवनको इच्छाकामनामा मोटरसाईकलको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । शनिबार राती ८ बजेको समयमा काठमाडौबाट मुग्लिन जादैँ गरेको प्रदेश नं। ३।०२–०१२ प. ४४४१ नं.को मोटरसाइकलले इच्छाकामना ४ कुरिनटारमा ठक्कर दिदाँ सोही ठाउँ बस्ने ८६ बर्षीय गजबहादुर गुरुङको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाईते गुरुङ उपचारको क्रममा पुरानो मेडिकल कलेज चितवनमा गएराति १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ठक्कर दिने मोटरसाइकल तथा चालकलाई नियन्त्रणमा लिई र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।