प्रदेशसभा सदस्य राजीव गुरुङ ‘दीपक मनाङे’विरूद्ध प्रहरीमा जाहेरी दिएपछी उनी विरुद्ध जिल्ला प्रशासन कार्यलयले पक्राउ पुर्जी जारी गरेको छ।

कास्कीका एन्फा अध्यक्ष गुरुङले मनाङेविरूद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा आफूमाथि कुटपिट गरेको भन्दै जाहेरी दिएका थिए।

मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै मनाङे मंगलबार गुरुङलाई झापड हानेका थिए।मनाङेले मुक्का र लात्ती हानेको गुरुङले आरोप लगाएका छन।उनका अनुसार प्रतियोगितामा मनाङबाट ल्याएको टिमलाई ५ दिन अघिदेखिको होटल खर्च दिनुपर्ने भन्दै सांसद मनाङेले मागेका थिए।

पक्राउ पुर्जी जारी भए सङै सांसद गुरुङ फरारको लिस्टमा हुने कारण जुन सुकै बेला उनी पक्राउ पर्न सक्छन।